तलाउमा भेटियो अज्ञात व्यक्तिको शव
तलाउमा भेटियो अज्ञात व्यक्तिको शव


सिलगढ़ी, 5 जुलाई (हि.स)। राजगञ्ज ब्लकको बन्धुनगरमा एउटा पोखरीमा एक जना अज्ञात व्यक्तिको शव भेटियो। यस घटनाको कारण क्षेत्रका मानिसहरू सशंकित भएका छन्। स्थानीय मानिसहरूले शनिवार बिहान सिचाई क्यानल नजिकै अवस्थित एक तलाउमा व्यक्तिको शव तैरिरहेको देखे। त्यसपछि हतार-हतार आलो थानाको पुलिसलाई घटनाको सूचना दिइयो।

खबर पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई तलाउबाट निकालेर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande