मुख्यमन्त्रीले पितमपुरामा सड़क, सिवर र स्ट्रिट लाइट्सको गरिन् लोकार्पण
मुख्यमन्त्रीले पितमपुरामा सड़क, सिवर र स्ट्रिट लाइट्सको गरिन् लोकार्पण


नयाँदिल्ली, 5 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शनिवार पितमपुराको वीपी ब्लक औसीपी ब्लकमा नवनिर्मित सड़क एवंबीयू ब्लकको सेन्टर पार्क नजिकै नयाँ सिवर लाइन अनि स्ट्रिट लाइट्सको लोकार्पण गरी यी परियोजनाहरूलाई क्षेत्रका जनताप्रति समर्पित गरिन्।

यस अवसरमा मुख्यमन्त्रीले भनिन्, आज विकासलाई आँकड़ामा मात्र नभएर दैनिक जीवनमै अनुभव गरिन्छ। चाहे त्यो बर्खायाममा जलभराउदेखि राहत होस् वा रातको समयमा छोरी-चेलीहरूको सुरक्षित आवागमन, हरेक पहल यस भावनासित जोड़िएको छ कि सुविधा अब दिल्लीवासीहरूको अधिकार हो। दिल्लीमा अब विकासको अर्थ हो हरेक ढोकासम्म प्रकाश, हरेक सड़कसम्म सुविधा तथा हरेक चौरस्तामा विश्वास।

उनले भनिन्, सुगम आवागमन, प्रभावशाली जल निकासी तथा रात्रिकालीन सुरक्षा सुनिस्चित गर्ने दिशामा एक सशक्त तथा संवेदनशील पहल भएको छ। हरेक कलोनीको आवश्यकतालाई बुझ्नु, हरेक समस्याको स्थायी समाधान खोज्नु अनि हरेक नागरिकलाई एक सुविधाजनक, सुरक्षित जीवन दिनु दिल्ली सरकारको प्राथमिकता हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande