हुगली, 5 जुलाई (हि.स.)। पश्चिम बंगालमा लामो समयदेखिको थाँतीमा रहेको तारकेश्वर-बिष्णुपुर रेल परियोजनाले अन्ततः नयाँ गति पाएको छ। शनिवार स्थानीय सीत्रले बतायो, राज्य प्रशासन, रेलवे एवं भावादिघी आन्दोलनकारीहरूबीच एक त्रिपक्षीय बैठक सम्पन्न भएपछि क्षेत्रको 6 सय मीटर भागमा रेलवे ब्रिजको निर्माण कार्य शुरू गर्ने निर्णय लिइएको छ। गए शुक्रवार बिहानदेखि नै ब्रिज निर्माणको निम्ति माटोको जाँच कार्य शुरू गरिएको छ।
रेलवे सूत्रले बतायो, 82.47 किलोमीटर लामो तारकेश्वर-बिष्णुपुर रेल परियोजनामा 6 मीटरको भाग मात्र बाँकी थियो जसले गर्दा सम्पूर्ण रेल लाइन जोड़िन सकेको थिएन। भावादिघीको जमीनलाई लिएर बारम्बार विवाद अनि आन्दोलन भइरहेको कारणले यो परियोजना थाँतीमा रहेको थियो। गत मार्च महिनामा यस मामिलामा कोलकाता उच्च अदातलले फसेला सुनाएपछि वार्ताको ढोका खोलियो।
रेलवे अब भावादिघीको माथि पुल बनाएर रेल लाइन बिछ्याउनको लागि सहमत भएको छ र यस निर्णयबाट परियोजना पूर्ण हुने बाटो स्पष्ट भएको छ।
यस परियोजनाका अन्य भागहरूमा काम लगभग पूरा भइसकेको छ। तारकेशेवरदेखि गोघाटसम्म रेल सेवा शुरू भइसकेको छ भने बिष्णुपुरदेखि जयरामबाटीसम्म सीआरएसको स्वीकृति प्राप्त भएको छ। कामारपुरदेखि जयरामबाटीबीच लाइन बिछ्याउने कार्य द्रूत गतिमा भइरहेको छ। कामारपुकुर स्टेशनको निर्माण कार्य पनि पूरा भइसकेको छ।
रेलवे अधिकारीहरू अनुसार तारकेश्वर-बिष्णुपुर लाइन पूर्ण रूपले संचालन हुन शुरू भएपछि हावड़ादेखि बाँंकुड़ा अनि पुरूलियाको दूरत्व धेरै कम हुनेछ जसबाट आम मानिसहरूलाई यात्रा गर्न सहज हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा