प्रयागराज, 05 जुलाई (हि.स.)। आगामी श्रावण महिनामा हुने काँवड़ यात्रालाई लिएर प्रयागराज-जौनपुर मार्गका पुलिस अधिकारीहरूले शनिवार श्रद्धालुहरूको सुरक्षा, बस्ने तथा आवागमन गर्ने व्यवस्थाको निरीक्षण गरे।
पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बताए, बाबा भोलेनाथका भक्त काँवड़ीहरूको सुरक्षा व्यवस्थाको सम्बन्धमा जानकारी लिइयो। फूलपुर थाना क्षेत्रस्थित रानी का तालाब, वरूणेश्वर मन्दिर आदि तथा यातायात व्यवस्था सुदृढ़ राख्नको लागि प्रयागराज-जौनपुर राजमार्गको निरीक्षण गरेपछि आफ्ना अधिनस्थ रहेका कर्मचारीहरूलाई निर्देश दिएका छन्।
यस अवधि अप्पर पुलिस उपायुक्त गंगानगर पुष्कर वर्मा, सहायक पुलिस आयुक्त फूलपुर, अन्य पुलिस अधिकारी तथा अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा