परित्यक्त घरमा विस्फोट, एक जनाको मृत्यु
परित्यक्त घरमा विस्फोट, एक जनाको मृत्यु


पूर्व बर्दवान, 5 जुलाई (हि.स.)। पूर्व बर्दवान जिल्लाको कटवा महकुमा अन्तर्गत राजोआ गाउँको उत्तरपाड़ा क्षेत्रमा एक परित्यक्त माटोको घरमा गए शुक्रवार राति विस्फोट भयो जसमा एक जना व्यक्तिको मृत्यु भयो भने अर्को एक जना गम्भीर रूपमा घाइते भए। विस्फोटको कारण माटोको घर पनि ध्वस्त भयो।

स्थानीय सूत्र अनुसार राती लगभ 9:15 बजी तीव्र विस्फोटको आवाज सुनेर घरदेखि बाहिर निक्लेका ग्रामीणहरूले एक परित्यक्त घरमा दनदनी आगो बलिरहेको देखे। घर पूर्णरूपले ध्वस्त भइसकेको थियो। तुरून्त पुलिसलाई सूचना दिए।

सूचना पाउनसाथ कटवा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि अवशेषहरूबाट एक जना घाइते व्यक्तिलाई बाहिर निकालेर तत्काल कटवा महकुमा अस्पतालमा भर्ती गरायो। केही क्षणपछि अवशेषहरूमा पुरिएको एक जना व्यक्तिको शव पनि भेटियो।

प्राथमिक जाँचपछि पुलिसले अनुमान व्यक्त गरेको छ, बम बनाउने क्रममा यो दुर्घटना भएको हो। ग्रामीणहरूको आरोप छ, यो परित्यक्त घर बम बनाउने अड्डा बनिसकेको थियो। भनिन्छ, बम बनाउने मानिसहरूमध्ये कतिपय बीरभूमबाट आएका थिए।

बम विस्फोट भएको घर स्वर्गीय मन्टु शेखको हो जसको निधन भएपछि उनका छोरा घर छोड़ेर अन्यत्र बस्दै आइरहेको छ। त्यसैले यो सुनसान अनि असामाजिक तत्वहरूको अड्डा भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande