नयाँ दिल्ली, 5 जुलाई (हि.स.)। करोल बागको पदम रोडस्थित विशाल मेगा मार्टको चार तले भवनमा शुक्रवार साँझ लागेको आगो 13 घण्टा बितिसक्दा पनि निभ्न सकेको छैन। आगो भवनको दोस्रो तलामा लागेको थियो। सूचना पाउनसाथ स्थानीय पुलिस अनि दमकलका 15 वटा वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउनमा जुटे। दमकलकर्मीहरूले जसो-तसो अबेर रातिसम्ममा दोस्रो तलामा लागेको आगोलाई नियन्त्रण गरे। यस अवधि दमकलकर्मीहरूलाई बताइएको थियो, एक जना व्यक्ति बेपत्ता भएका छन्। राति जाँच गर्दा एक जना व्यक्तिलाई लिफ्ट नजिक अचेत अवस्थामा भेटियो जसलाई तुरून्त नजिकैको अस्पतालमा भर्ती गरियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। दमकल अधिकारी अनुसार हाल तेस्रो तलाको आगोलाई निभाउने काम जारी छ।
मध्य जिल्लाका डीसीपी निधिन वाल्सन अनुसार राति सर्च अपरेशनमा कुमार धिरेन्द्र प्रताप सिंह (25) नामक व्यक्ति आगलागीको कारण लिफ्टमा फसेका थिए। उसलाई तुरून्त निकालेर आरएमएल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले मृत घोषित गरिदिए। हाल पुलिस आगलागीको कारण पत्तो लगाउन जाँचमा जुटेको छ।
उल्लेखनीय छ, शुक्रवार साँझ लगभग 6.44 बजी दमकल विभागलाई करोलबाग स्थित मेगा मार्टको दोस्रो तलामा आगो लागेको जानकारी प्राप्त भएको थियो। सूचना पाउनसाथ नजिकैको फायर स्टेशनबाट 15 वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। घटनास्थलमा पुगेका दमकल अधिकारी एमके चट्टोपाध्यायले बताए, आगो भवनको दोस्रो तलाबाट शुरू भएको थियो। कपड़ा र प्लास्टिकका सामानहरू भएको कारणले आगो भवनभरि फैलिसकेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा