नयाँ दिल्ली, 5 जुलाई (हि.स.)। दक्षिणी दिल्लीको दक्षिणपुरी क्षेत्रमा शनिवार त्यसबेला कोकोहोलो मच्चियो जतिबेला एउटा घरभित्र चार जना युवाहरूलाई अचेत अवस्थामा भेटियो। चारै जनालाई तत्काल अम्बेडकर अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तीन जनालाई मृत घोषि गरिदिए भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई एम्स ट्रामा सेन्टरमा रेफर गरिएको छ।
डीसीपी अंकित चौहानअनुसार पुलिसलाई यो सूचना 5 जुलाईको दिन एक पीसीआर कलको माध्यमबाट प्राप्त भयो जसमा जिशान, पुत्र मु्न्ने, निवासी भलस्वा डेयरीले बताए, उसको भाइले पटक-पटक फोन गर्दा पनि फोन रिसीभ गरिरहेको छैन। उ जुन घरमा बसेको थियो, त्यो घरको ढोका भित्रबाटै बन्द छ। तत्कालै पुलिसले घटनास्थलमा पुगेर घरको ढोका खोलायो जहाँ भित्रको दृश्यले सबैलाई चकित पाऱ्यो। पहिलो तलामा चारजना युवकहरूको अचेत अवस्थामा थिए। जिशानले पुलिसलाई बताए, उसको आफन्त इमरान उपनाम सलमान र मोहसिनसित अर्को व्यक्ति हसिब (उपचाराधिन) तथा अर्को अज्ञात युवक त्यस कोठाभित्र थिए। चारै जना युवकहरूले एसी म्याकेनिकको रूपमा काम गर्थे र एउटै कोठाभित्र सुतिरहेका थिए।
चारै जनालाई तुरून्त अम्बेडकर अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तीन जना युवकहरूलाई मृत घोषित गरिदिए। चौथो युवक हसिबको अवस्था गम्भीर रहेको कारणले उसलाई पहिला सफदरगञ्ज र पछि एम्स ट्रामा सेन्टरमा रेफर गरिएको छ। प्रारम्भिक जाँचमा यो मामिला ग्यास लीक, एसी ग्यास वा अन्य रासायनिक चुहावटको कारण भएको हुनसक्छ। यद्यपि पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट अनि फरेन्सिक जाँचपछि नै असली कारण स्पष्ट हुनेछ। घटनास्थलमा एफएसए टीम र पुलिस अधिकारीहरू उपस्थित छन् जसले ध्यानपूर्वक जाँच गरिरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा