मुर्शिदाबाद, 5 जुलाई (हि.स.)। मुर्शिदाबाद जिल्लाको फारक्का थाना अन्तर्गत आछुआ गाउँमा साथीलाई किस्तामा मोबाइल दिलाउनु एक जना युवकको परिवारलाई महँगो पऱ्यो। गए शुक्रवार राति किस्ताको रकम माग्दा युवकको पिताको कथित रूपमा लौरो र रडले कुटेर हत्या गरियो। यस हमलामा अन्य दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। मृतकको पहिचान अछुआ गाउँका 52 वर्षीय असगर शेखको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार असगर शेखका छोरा आन्नार शेखले आफ्नो साथी जनी शेखलाई किस्तामा एउटा मोबाइल फोन खरिद गरेर दिएका थिए। शुरूमा जनीले किस्ता चुकाए, तर पछि रहल रकमको निम्ति टार्न थाले। कैयौं पटक अनुरोध गर्दा पनि पैसा नपाएपछि आन्नार शुक्रवार साँझ जनीका पिता रेहेसान शेखसित सिकायत गर्न गए। यस अवधि बहस भयो जसपश्चात अन्नार आफ्नो घर फर्किए।
केही समयपछि जनी शेख, उसका पिता रेहेसान शेख र अन्य परिवारजन आन्नारको घरमा पुगे अनि लौरो, फलामको रड आदिले अन्नार शेख र उसको परिवारका सदस्यहरूमाथि हमला गरे। यस हमलामा आन्नार शेख, उसका पिता असगर शेख औ उसका एक जना भाइ गम्भीर रूपमा घाइते भए जसलाई स्थानीय मानिसहरूको सहयोगमा तुरून्त बेनियाग्राम प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँ चिकित्सकहरूले एसगर शेखलाई मृत घोषित गरिदिए। अन्य दुइ जना घाइतेहरूलाई जंगीपुर महकुमा अस्पतालमा रेफर गरिएको छ।
घटनाको खबर पाउनसाथ फरक्का थानाको पुलिस घटनास्थलमा पुगेर जाँचमा जुट्यो। पुलिसको भनाइ छ, विवाद मोबाइलको किस्ताको पैसालाई लिएर शुरू भएको थियो। तर अन्य कारणहरूको पनि जाँंच गरिँदैछ। मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले आरोपीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा