कसबा ल कलेज दुष्कर्मकाण्डः कलेजको गभर्निंग बडीको बैठकको रेकर्ड जाँचको घेराभित्र
कसबा ल कलेज दुष्कर्मकाण्डः कलेजको गभर्निंग बडीको बैठकको रेकर्ड जाँचको घेराभित्र


कोलकाता, 5 जुलाई (हि.स.) । कसबास्थित साउथ कोलकाता ल कलेजमा गत 25 जूनको साँझ एक जना छात्रासित भएको दुष्कर्मको मामिलामा कोलकाता पुलिसले अब कलेजको गवर्निंग बडीको बैठकको रेकर्डलाई जाँचको घेराभित्र राखेको छ।

पुलिस सूत्र अनुसार जाँच अधिकारीहरूले यो पत्तो लगाउने चेष्टा गरिरहेका छन्, के कलेज प्रशासनलाई मनोजीत मिश्रा विरूद्ध पहिला पनि कुनै प्रकारको सिकायत प्राप्त भएको थियो जसमा हुलदंगा, बाहिरका मानिसहरूलाई बोलाएर हमला गराउनु, हतियारहरूको माध्यमबाट छात्राहरूलाई डर देखाउनु तथा छात्राहरूसित यौन उत्पीड़न आदि सामेल छन्।

मनोजीत मिश्रा यस मामिलाको मुख्य आरोपी हो भने जैब अहमद र प्रमित मुखोपाध्यायलाई उसको सहयोगीको रूपमा पक्राउ गरिएको छ। जाँचकर्ताहरू अनुसार यी दुवैले अपराधलाई परिणाम दिनमा सहयोग गरेका थिए।

जाँच टीमले कलेजको गभर्निंग बडीको पछिल्लो दुई-तीन महिनाका बैठकहरूको मिन्ट्स रजिस्टर जफत गरेको छ। यस अतिरिक्त मनोजीतको नियुक्तिसित सम्बन्धित दस्तावेज र उपस्थिति रजिस्टरलाई पनि कब्जामा लिएको छ।

भनिन्छ, मनोजीत एक समयमा यसै कलेजको छात्र थियो भने केही महिनापूर्व उसले अनुबन्धमा नियुक्ति पाएको थियो। उमाथि पहिलाबाटै धेरै वटा गम्भीर आरोपहरू लाग्दै आएको थियो। पुलिसले अब यो जान्ने चेष्टा गरिरहेको छ, उसको नियुक्ति कसको प्रभावमा गरियो र कलेज प्रशासनले नियोजित रूपमा उसको आपराधिक इतिहासलाई बेवास्ता गर्दै आएको थियो?

स्मरण गराइन्छ, यस मामिलाको जाँच अब कोलकाता पुलिसको डिटेक्टिभ डिपार्टमेन्टलाई सुम्पिइएको छ। ताजा प्राथमिकीमा पहिलाबाटै दर्ता बलात्कारको धारासँगसँगै अब अपहरण र हतियारले हमला गरेको जस्ता गम्भीर धाराहरू पनि जोड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande