राँची, 5 जुलाई (हि.स.)। झारखण्डका स्वास्थ्य मन्त्री एवं कंग्रेस विधायक इरफान अन्सारीले शनिवार दिल्लीमा कंग्रेसका राष्ट्रिय महासचिव केसी वेणुगोपालसित भेट गरे। यस भेटमा झारखण्ड कंग्रेस संंगठनको स्थिति अनि भविष्यका रणनीतिहरूमाथि व्यापक चर्चा गरियो। मन्त्रीले शनिवार प्रेस रिलीज जारी गर्दै भने, उनले वेणुगोपाललाई आफ्नो विभागको प्रगति रिपोर्ट तथा संगठनलाई सशक्त बनाउनको लागि भइरहेका प्रयासहरू बारे विस्तारपूर्वक जानकारी गराए।
वेणुगोपालले अन्सारीका कार्यहरूको सराहना गर्दै भने, मन्त्रीको समर्पण अनि ऊर्जा प्रेरणादायी छ। संगठनलाई तपाई जस्तो कर्मठ नेतृत्वको खाँचो छ। इरफान अन्सारीले भने, वेणुगोपालको मार्गदर्शन सदैव प्रेरणादायी रहिआएको छ। उनी पूर्ण निष्ठा एवं प्रतिबद्धताको साथमा पार्टी अनि जनसेवा गरिरहनेछन्। यस अवसरमा बरहीका पूर्व विधायक उमाशंकर अकेला पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा