केही लोकल ट्रेनहरू रद्द भएका कारण सप्ताहन्तमा यात्रीहरूलाई समस्या
केही लोकल ट्रेनहरू रद्द भएका कारण सप्ताहन्तमा यात्रीहरूलाई समस्या


कोलकाता, 5 जुलाई (हि.स.)। कोलकाताम सप्ताहान्त फेरि एकपटक लोकल ट्रेनका यात्रीहरूलाई विविध समस्याको सामना गर्नु परिरहेको छ। जानकारी अनुसार दमदम स्टेशनमा मरम्मत कार्य भइरहेको कारणले सनिवार र आइतवार केही ट्रेनहरूलाई रद्द गरिएको छ जसकारण बिहानदेखि नै ट्रेनहरूमा घुइँचो देखियो। यात्रीहरूले सीट पाउनु त टाड़ाको कुरा उभिएर जाने ठाउँ पनि पाइरहेका छैनन्।

बितेका दुई हप्ता पनि यसै कारणले केही ट्रेनहरूलाई रद्द गरिएको थियो भने बनगाउँ र मुख्य लाइनका केही ट्रेनहरूको समय परिवर्तन गरिएको थियो। यो सप्ताह पनि त्यै स्थितिलाई दोहोराइेको छ। रेलवेले सूचना जारी गरेरै ट्रेनहरूलाई रद्द गरेको भए पनि अप र डाउन दुवै लाइनका ट्रेनहरू आफ्नो निर्धारित समयभन्दा धेरै पछाड़ि चलिरहेको कारणले दिनहुँ यात्रा गर्नेहरूको समस्या झन् बढ़ेको छ।

शनिवार रद्द गरिएका ट्रेनहरूमा अप 32249 सियालदह-डानकुनी लोकल औ डाउन 32252 डानकुनी- सियालदह लोकल सामेल छन्। यसरी नै सियालदहदेखि हावड़ासम्मका ट्रेनहरू जस्तै 33651 र 33653 अप एवं 33652 तथा 33654 डाउन रद्द रहनेछ। यस अतिरिक्त सियालदहदेखि दत्तपुकुर सियालदहदेखि बन गाउँ जंक्शन, सियालदहदेखि बारासात, सियालदहदेखि नैहाटी औ नैहाटीदेखि कल्याणी सीमान्तका केही अप र डाउन ट्रेनहरू रद्द रहनेछन्। अन्य रद्द ट्रेनहरूमा सियालदहदेखि कल्याणी सीमान्त, सियालदहदेखि लक्ष्मीकान्तपुर नामखाना शाखाका ट्रेनहरू सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande