सिरसाको राजौरी गार्डन क्षेत्रमा सड़कको निर्माण कार्य आरम्भ
सिरसाको राजौरी गार्डन क्षेत्रमा सड़कको निर्माण कार्य आरम्भ


नयाँ दिल्ली, 5 जुलाई (हि.स.)। पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले शनिवार आफ्नो निर्वाचन क्षेत्र राजौरी गार्डनमा सड़क निर्माण कार्यको शुभारम्भ गरे। उनले भने, यो सबै विकास कार्य मुख्यमन्त्री रेखा गुप्ताको सशक्त नेतृत्वको परिणाम हो। उनको सहयोग र मार्गदर्शनबाटै आज विकसित दिल्लीको संकल्प पूरा भइरहेको छ र नागरिकहरूले सुविधाहरू पाइरहेका छन्।

यस अवधि पत्रकारहरूसित कुराकानी गर्द मन्त्री सिरसाले भने, यस क्षेत्रमा भाजपा सरकारले नयाँ कामहरू शुरू गरिरहेको छ। अहिलेसम्ममा पाँच करोड़ रुपियाँको काम शुरू भइसकेको छ। उनले पछिल्लो सरकारमाथि क्षेत्रको विकास नगरेको आरोप समेत लगाए। मन्त्रीले क्षेत्रमा अवैध रूपमा संचालित फ्याक्ट्री तथा काँचो मासुका पसलहरूमाथि कड़ा कारबाही गर्ने आदेश दिँदै भने, आवासीय क्षेत्रमा यस्ता गतिविधिहरूलाई सहन गरिेने छैन। उनले भने, यहाँ आएर गुण्डागिरी गर्ने रोहिंग्या, बंगलादेशी वा अन्य जो कोहीमाथि पनि सरकारले कड़ा कारबाही गरिरहेको छ। क्षेत्रमा कुनै पनि प्रकारको गुण्डागिरीलाई सहन गर्नेछैन। राजौरी गार्डनलाई एक आदर्श विधानसभा क्षेत्र नबनाउञ्जेलसम्म यहाँ विकास कार्य जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande