श्रीनगर, 05 जुलाई (हि.स.)। जम्मू-कश्मीरमा भीषण गर्मी जारी छ भने तापमानले लगातार दशकौं पुरानो रेकर्डलाई पछि पारिरहेको छ जसबाट सम्पूर्ण केन्द्रशासित प्रदेशका किसानहरू चिन्तित भएका छन्।
कश्मीर मौसमद्वारा साझा गरिएको जानकारी अनुसार राजधानी श्रीनगरमा 24.5 डिग्री सेल्सियस तापमान जुलाईमा चौथो सबैभन्दा अधिक न्यूनतम तापमान हो।
श्रीनगरमा सबैभन्दा अधिक न्यूनतम तापमान 25.2 डिग्री सेल्सियस 1 जुलाई, 1988- मा दर्ता गरिएको थियो। 2 जुलाई, 2024-मा शहरमा दर्ता गरिएको दोस्रो सबैभन्दा अधिक न्यूनतम तापमान 24.8 डिग्री सेल्सियस हो भने तेस्रो सबैभन्दा अधिक न्यूनतम तापमान जुन 24.6 डिग्री सेल्सियस हो, वर्ष 2024-को 28 जुलाईमा पनि यही दर्ता गरिएको थियो।
कश्मीर मौसम अनुसार 23.4 डिग्री सेल्सियससितै काजीगुंडले जुलाईमा आफ्नो अहिलेसम्मको सबैभन्दा अधिक न्यूनत तापमान दर्ता गरायो। पछिल्लो रेकर्ड 18 जुलाई, 1997-मा दर्ता गरिएको थियो 22.8 डिग्री सेल्सियस।
दक्षिण कश्मीरमा अवस्थित प्रमुख पर्यटक रिसर्ट पहलगामले 20.0 डिग्री सेल्सियससितै जुलाईमा आफ्नो दोस्रो सबैभन्दा अधिक तापमान दर्ता गरायो। पहिला सबैभन्दा न्यूनतम तापमान 30 जुलाई, 2013-मा दर्ता गरिएको थियो 20.2 डिग्री सेल्सियस। तेस्रो सबैभन्दा अधिक न्यूनतम तापमान 19.7 डिग्री सेल्सियस 26 जुलाई, 2023-मा दर्ता गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा