बीयूएसएफबाट आबीयूएसएफमा सामेल भए शुभम
बीयूएसएफबाट आबीयूएसएफमा सामेल भए शुभम


कोकराझार (असम), 5 जुलाई (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी), बंगाली युवा छात्र फेडरेशन (बीयूएसएफ)-को पदत्याग गरेपछि शुभम चक्रवर्ती गए साँझ औपचारिक रूपमा अल असम बंगाली युवा छात्र फेडरेशन (आबीयूएसएफ)-मा सामेल भए।

यस अवसरमा अल असम बंगाली युवा छात्र फेडरेशनले गए अबेर साँझ एक सभा आयोजना गऱ्यो भने सभाको अध्यक्षता फेडरेशनकै केन्द्रिय अध्यक्ष महानन्द सरकारले गरे। सभामा शुभम चक्रवर्तीलाई उत्साहपूर्वक स्वागत गरी तिनलाई संगठनमा सामेल गरियो। यस अवसरमा केन्द्रिय अध्यक्ष महानन्द सरकार सहित फेडरेशनका बीटीआर जोनल समितिका अध्यक्ष राजीव सरकार, संगठन सचिव चन्दन मण्डल एवं कोकराझार जिल्ला र फकिराग्राम क्षेत्रीय समितिका अध्यक्ष, सचिव औ सदस्यगण पनि उपस्थित थिए।

आल असम बंगाली युवा छात्र फेडरेशनमा सामेल भएपछि शुभम चक्रवर्तीले भने, पछिल्लो 13 वर्षदेखिको तिनी बीटीसी बंगाली युवा छात्र फेडरेशनको कोकराझार शाखा समितिका अध्यक्ष, मुख्य सल्लाहकार एवं कोकराझार जिल्ला समितिका प्रचार सचिवको रूपमा कार्यरत थिए, तर संगठनका केही व्यक्तिहरूको कारणले उनले बीटीसी बंगाली युवा छात्र फेडरेशनलाई त्यागने निर्णय लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande