गुवाहाटी, 5 जुलाई (हि.स.)। बसिष्ठ पुलिसद्वारा गुवाहाटीको आईएसबीटी सामु गरचुक थाना क्षेत्र अन्तर्गत संचालित खोजी अभियानमा एक जना चोरलाई पक्राउ गरियो। पक्रा पर्ने चोरको पहिचान जिहान यादव उपनाम विशाल (35)-को रूपमा भएको छ।
पुलिसले आरोपीबाट नम्बर प्लेट बिनाको एउटा स्कुटी र केही कपड़ाहरू जफत गरेको छ। आरोपीबाट प्राप्त जानकारीको आधारमा चांगसारी थाना क्षेत्रको मिकिसुकी गाउँ, अमिन गाउँमा अर्को खोजी अभियान संचालन गरियो।
यस अभियान अवधि अपराधमा प्रयुक्त कपड़ाहरूले भरिएको एउटा कालो रंगको स्कूल ब्याग, कपड़ाहरूले भरिएको कालो र गहिरो नीलो रंगको स्कूल ब्याग, एउटा नीलो वा नियन ग्रीन कलरको साइड ब्याग, दुईवटा फलामको हातले बनाएको तिखो औजार (वाहनहरूको टायर पंकचर गर्नमा प्रयोग गरिने), एउटा क्यान्डिड डस्टिंग पाउडर, एउटा डर्मिकेम एन्टीफंगल पाउडर तथा एउटा आधार कार्ड जफत गरियो।
पुलिसले ममिला दर्ता गरी अग्रिम जाँच शुरू गरेको छ तथा चोरीका अन्य मामिलाहरूमा आरोपीको संलिप्तताको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा