नदिया, 5 जुलाई (हि.स.)। नदिया जिल्लाको शान्तिपुर थानान्तर्गत नरसिंहपुरको मध्यमपाड़ा क्षेत्रमा शनिवार भोर बिहान एकजना महिलाको झुण्डिरहेको शव उसको घरभित्रै भेटियो। मृत महिलाको परिवारको आरोप छ, एकजना सिभिक भोलन्टिरको प्रताड़नाबाट दिक्क भएर महिलाले फाँसी लगाएर आत्महत्या गरेकी हुन्। हाल शान्तिपुर थानाको पुलिसले मामिलाको जाँच गरिरहेको छ।
स्थानीय सूत्र अनुसार महिला र आरोपी सिभिक भोलन्टियर एका-अर्काका छिमेकी थिए। परिवार अनुसार गए शुक्रवार भोर बिहान महिला आफ्नो छिमेकी अर्थात सिभिक भोलन्टियरको घरमा गएकी थिई। यसै अवधि छिमेकीले तिनलाई देख्यो। सिभिक भोलन्टियरले महिलालाई रूखमा बाँधेर उसित दुर्व्यवहार गऱ्यो अनि कान समातेर उठ-बस गर्न लगायो। यस्तो अपमानजनक घटनापछि महिलालाई मानसिक तनाउमा भयो।
शनिवार भोर बिहान परिवारले महिलालाई घरमा झुण्डिरहेको पायो। तुरून्त शान्तिपुर थानालाई सूचना दिइयो। पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
परिवारको यो पनि आरोप छ, आरोपी सिभिक भोलन्टियरले क्षेत्रमा प्रायजसो नै धमास देखाउँछ। पुलिसको घमण्ड देखाएर मानिसहरूलाई धम्काउँछ। महिलासित जस्तो व्यवहार गरियो त्यो पनि त्यसै मानसिकताको उपज थियो। आरोपीविरूद्ध कड़ा कारबाहीको माग गरिँदैछ। घटनापछि आरोपी भागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा