जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु
जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु


सिलगढ़ी, 5 जुलाई (हि.स)। सिलगढ़ीमा शनिवार बिहान जंगली हात्तीको हमलामा परी एक जना महिलाको मृत्यु भयो। मृत महिलाको उमेर लगभग 35 वर्ष रहेको बताइएको छ जसको पहिचान हुन सकेको छैन। घटना सालुगढ़ा संलग्न बैकुण्ठपुर राजफापरी क्षेत्रमा भएको हो।

स्थानीय सूत्र अनुसार महिला बिहान स्कुटीमा सवार भएर घरबाट हिँड़ेकी थिइन्। केही टाड़ा पुगेपछि अचानक महिलाको सामना हात्तीसित भयो। महिलाले आफ्नो ज्यान बचाउने भरमग्दुर प्रयास गरिन्, तर हात्तीले तिनीमाथि हमला गऱ्यो जसबाट महिलाको घटनास्थलमै मृत्यु भयो।

प्राप्त जानकारी अनुसार मृतकाका पति सेनामा कार्यरत छन् भने हाल उनी अन्य राज्यमा तैनाथ छन्। उनीहरूको एक जना सानो छोरी छ। घटनाको खबर पाउनसाथ वन विभागको सारूगाड़ा रेञ्जका वनकर्मी अनि भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande