यूपीमा व्यापक रूपमा मन्दिरहरूको जीर्णोद्धार गराउनेछ योगी सरकार
यूपीमा व्यापक रूपमा मन्दिरहरूको जीर्णोद्धार गराउनेछ योगी सरकार


-भृगु औ दुर्वासा ऋषिको आश्रम सहित जैन मन्दिरको पनि हुनेछ कायाकल्प

लखनऊ, 5 जुलाई (हि.स.)। उत्तर प्रदेशको योगी सरकारले राज्यको धार्मिक औ सांस्कृतिक विरासतलाई संरक्षण गर्ने उदेश्यले मन्दिरहरूको व्यापक रूपमा जीर्णोद्धार तथा पर्टन विकासको एक महत्वाकांक्षी योजना शुरू गरेको छ। यस योजना अन्तर्गत भृगु र दुर्वासा ऋषिका आश्रमहरू सहित जैन मन्दिरको पनि कायाकल्प गरिनेछ। विशेष रूपमा पूर्वाञ्चलमाथि ध्यानकेन्द्रित गर्द पर्यटन विभागले एक विस्तृत कार्ययोजना तयार गरेको छ।

यसमा बलियाको भृगु आश्रमस्थित चित्रगुप्त मन्दिरको सौन्दर्यीकरण, तेंदुआ पट्टी फरसातर मौजा होलपुरको हनुमान मन्दिर परिसरको पर्यटन विकास, बसन्तपुर गाउँको उदासीन मठको विकास, अजमगढ़को महाराजगञ्जमा भैरोबाबा स्थलको पर्यटन विकास, फूलपुर पवईको दुर्वासा ऋषि आश्रमको विकास, मऊको दुआरी गाउँमा अवस्थित श्री वीरा बाबा ब्रह्म स्थानको पर्यटन विकास, अजमगढ़को मिश्रापुरको राम जानकी मन्दिरको विकास, कन्नौजको सदरमा फूलमती देवी मन्दिरको सौन्दर्यीकरण हुनेछ साथै अजमगढ़को धन्नीपुर, सिंगपुर बाँसगाउँमा स्वर्गीय सन्त परमहंस बाबाको स्थलको पनि पर्यटन विकास गर्ने योजना सामेल छन्।

पर्यटन मन्त्री जयवीर सिंहले बताए, अयोध्या, काशी औ मथुरा जस्ता प्रमुख धार्मिक केन्द्रहरूसँगसँगै राज्यका अन्य प्राचीन मन्दिर तथा तिर्थ स्थलहरूलाई वैश्विक पर्यटन मानचित्रमा ल्याउनको लागि सरकारले केही योजनाहरू लागू गरेको छ। वर्ष 2024- मा 65 करोड़ पर्यटकहरूले उत्तर प्रदेशका विभिन्न स्थलहरूको दौड़ाह गरे जसले यी पहलहरूको सफलतालाई दर्शाउँछ। यसको साथै योगी सरकारको होमस्टे नीति-2025 जसान्तर्गत धार्मिक अनि पर्यटन स्थलहरूमा स्थानीय मानिसहरूलाई आफ्नो घरलाई होमस्टेमा परिणत गर्नको लागि प्रोत्साहन अनि सब्सिडी दिइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande