हावड़ा, 5 जुलाई (हि.स.)। हावड़ा पुलिस कमिश्नरेट अन्तर्गत गरिएको एक महत्वपूर्ण कारबाहीमा नक्कली भारतीय मुद्रा (एफआईसीएन)-को कारबारसित सम्बन्धित एकजना युवकलाई पक्राउ गरिएको छ। शनिवार अपरान्ह पुलिसको पक्षबाट दिइएको जानकारी अनुसार पक्रा पर्ने युवकबाट 01 लाख 78 हजार रुपियाँ बराबरको 5 सयको नोट जफ्त गरिएको छ।
यो कारबाही जगाछा थाना क्षेत्रमा गरिएको हो। यस मामिलामा भारतीय न्याय संहिताको धारा 179 र 180 अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। यस मामिलामा पहिला नै पक्राउ गरिएको विकी लश्कर उपनाम रमिज राजा लश्करको लीडिंग स्टेटमेन्टको आधारमा अपराध जाँच विभाग (डीडी)-को टीमले उत्तर 24 परगनाक दत्तपुकुर थाना अन्तर्गत नेताजी पल्लीस्थित एक घरमा छापा माऱ्यो।
छापामारीमा पुलिसले राहुल विश्वास उपनाम तुहिन विश्वास नामक युवकलाई समात्यो जसको उमेर लगभग 28 वर्ष रहेको छ। प्रारम्भिक जाँचबुझमा राहुलले बतायो, उसको स्थायी ठेगाना लिलुआ थाना अन्तर्गत जगदीशपुर हो, तर हिजोाज उ दत्तपुकुर क्षेत्रस्थित उक्त भाड़ाको घरमा बस्दै आइरहेको छ।
पुलिस अनुसार आरोपीलाई अबेर राती पक्राउ गरेर शनिवार अदालतमा पेश गरी पुलिस हिरासतमा पठाइयो। अब पुलिस आरोपीसित सम्बन्धित गिरोहका अन्य सदस्य अनि नक्कली नोटहरूको श्रोतलाई लिएर जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा