धर्मशाला, 05 जुलाई (हि.स.)। तिब्बती धर्मगुरु दलाई लामाको 90औं जन्मदिवसमा मिनी ल्हासा म्याक्लोडगञ्जमा भीआईपीहरूले पनि डेरा हालेका छन्। धर्मगुरूको जन्मदिवसमा विशेष समारोहको अंग बन्नका लागि केन्द्रिय मन्त्री किरेन रिजिजु, अरूणाचलका मुख्यमन्त्री पेमा खाण्डु तथा हलिउडका प्रसिद्ध अभिनेता रिचर्ड गेरे सहित अन्य कैयौं प्रमुख हस्तिहरू म्याकलोडगञ्ज आइपुगेका छन् भने केही हस्तिहरू आज साँझसम्ममा आइपुग्नेछन्।
यता केन्द्रिय मन्त्री सहित अरूणाचलका मुख्यमन्त्री अनि हलिउड अभिनेताले शनिवार धर्मशालामा तिब्बती आध्यात््मिक गुरू 14औं दलाई लामाको 90औं जन्म दिवस समारोहमा सामेल भएर आफ्नो हर्ष व्यक्त गरे। केन्द्रिय मन्त्रीले भने, शनिवार दलाई लामाको लामो जीवनको लागि प्रार्थना आयोजना गरियो। उनको 90औं जन्मदिवस समारोह आइतवार मनाइनेछ।
रिजिजुले बताए, म दलाई लामाको 90औं जन्मदिन समारोहमा भाग लिन आएको हुँ। विश्वभरिबाट भक्तहरू यहाँ आएका छन्। मलाई खुशी लागिरहेको छ कि म पनि यसमा सामेल भइरहेको छु। आज उनको लामो जीवनको लागि प्रार्थना आयोजना गरिएको थियो र भोलि उनको 90औं जन्मदिन समारोह आयोजना गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा