नयाँ दिल्ली, 05 जुलाई (हि.स.)। विदेश राज्य मन्त्री पबित्रा मार्गेरिटा 7-8 जुलाईमा कम्बोडिया र 10-11 जुलाईमा मलेशियाको आधिकारिक यात्रामा रहनेछन्। यो जानकारी विदेश मन्त्रालयले शनिवार एक आधिकारिक बयानमा दियो।
विदेश मन्त्रालयले बतायो, कम्बोडिया र भारतबीच वर्षौं पुरानो सांस्कृतिक र सभ्यतागत सम्बन्ध छ। दुवै देशबीच विकास सहयोग पनि जनता-केन्द्रित रहेको छ। मन्त्रीको यो यात्रा आपसी सम्बन्धहरूलाई अझ् प्रगाढ़ बनाउने उद्देश्यले भइरहेको छ। आफ्नो यात्रामा पबित्रा मार्गेरिटा कम्बोडियाका शीर्ष नेतृत्वको साथ भेट गर्नेछन् र आईटीईसी/आईसीसीआर पूर्व छात्र तथा भारतीय समुदायका सदस्यहरूसित पनि कुराकानी गर्नेछन्।
उनले भारतद्वारा कम्बोडियाको विश्व धरोहर स्थलहरूमा गरिरहेका संरक्षण र पुनर्स्थापना कार्यहरूको समीक्षा पनि गर्नेछन्। यो स्थल भारत-कम्बोडियाको साझा सांस्कृतिक विरासतको प्रतीक हो।
यसपछि उनी 10-11 जुलाईमा मलेशियाको राजधानी कुआलालम्पपुरको दौड़ाह गर्नेछन्। उनी वर्तमान आसियान अध्यक्ष मलेशियाको निमन्त्रणमा आसियान-भारत, ईस्ट एशिया समिट (ईएएस) र आसियान क्षेत्रीय फोरम (एआरएफ) जस्ता महत्वपूर्ण बैठकहरूमा भारतको प्रतिनिधित्व गर्नेछन्।
भारत र आसियानबीच सांस्कृतिक र सभ्यतागत सम्बन्ध छ। आसियान भारतको ‘एक्ट ईस्ट नीति’ र ‘इण्डो-पेसिफिक विजन’ को आधार हो। मन्त्रीको यो यात्राले भारतको आसियान केन्द्रियता, एकता र ‘आसियान आउटलुक अन इण्डो-पेसिफिक’ (एओआईपी) लाई समर्थनप्रति प्रतिबद्धतालाई पुनः रेखांकित गर्नेछ।
यस बाहेक पबित्रा मार्गेरिटा आसियान सम्बन्धित बैठकहरूदेखि छुट्टै अन्य देशहरूका विदेश मन्त्रीहरूसित द्विपक्षीय वार्ताहरू पनि गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी