नयाँ दिल्ली, 5 जुलाई (हि.स.)। दिल्लीका समाज कल्याण मन्त्री रविन्द्र इन्द्राज सिंहले शनिवार उत्तर-पश्चिम दिल्लीस्थित बवाना क्षेत्रको जेजे कलोनीको दौड़ाह गर्दै जन सुवाई गरे। यस अवधि उनले नशा विरोधी लड़ाईँमा जनसहयोगको निम्ति अपील गरे।
मन्त्रीले एक बयान मार्फत भने, नशाको लतले कुनै पनि व्यक्तिलाई शारीरिक एवं मानसिक मात्र नभएर सामाजिक रूपमा पनि कमजोर बनाउँछ। नशाले व्यक्तिलाई परिवारदेखि मात्र टाड़ा पुऱ्याउँदैन जबकि समाजमा उसको प्रतिष्ठा पनि घट्दै जान्छ। यदि कुनै व्यक्तिले आफ्नो मिहेनतको कमाईलाई नशामा गुमाउँछ भने छोरा-छोरीको पढ़ाई-लेखाई तथा भविष्यमाथि गम्भीर प्रभाव पर्नेछ।
समाज कल्याण मन्त्रीले भने, दिल्ली सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा राज्यलाई नशामुक्त बनाउनका लागि पूर्ण रूपमा प्रतिबद्ध छ। नशाको समस्यालाई जरैबाट मास्नको लागि दिल्ली सरकारले हरसम्भव प्रयास गरिरहेको छ साथै विभागसित समन्वय राखेर यस दिशामा कदमहरू उठाइरहेको छ।
जन सुनवाईमा स्थानीय मानिसहरूले पानीको पाइल पाइन बिछ्याउने, सड़क तथा नालीहरूको निर्माण एवं नियमित सफाई, पार्कहरूको सौन्दर्यीकरणलाई लिएर आ-आफ्नो सुझाउ राखे। समाज कल्याणमन्त्रीले उपस्थित सबै विभागीय अधिकारीहरूलाई स्पष्ट निर्देश दिए, बवाना कलोनी यथाशीघ्र बुनियादी सुविधाहरू सुनिश्चित गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा