सम्भल सड़क दुर्घटनामा प्रधानमन्त्रीले शोक व्यक्त गरे, मृतक परिजनहरूलाई 2 लाखको आर्थिक मद्दतको घोषणा
पीएम


नयाँ दिल्ली, 05 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको सम्भलमा शुक्रवार साझँ भएको सड़क दुर्घटनामा मानिसहरूको मृत्युमा शोक व्यक्त गरे। उनले प्रत्येक मृतक परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट 2 लाख रूपियाँ तथा घाइतेहरूलाई 50,000 रूपियाँको अनुग्रह राशि दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ) ले एक्समा पोस्टमा भनेको छ, उत्तर प्रदेशको सम्भलमा भएको दुर्घटनामा मानिसहरूको मृत्युमा गहिरो दुःख लाग्यो। दुर्घटनामा आफ्ना प्रियजनहरूलाई गुमाउनेहरूप्रति समवेदना। घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु। प्रत्येक मृतकका परिजनलाई पीएमएनआरएफबाट 2 लाख रूपियाँको अनुग्रह राशि दिनेछ। घाइतेहरूलाई 50,000 रूपियाँ दिइनेछ।

उल्लेख्य, उत्तर प्रदेशको सम्भल जिल्लाको जुनावई थाना क्षेत्रमा शुक्रवार साझँ सड़क दुर्घटनामा बेहुला सहित 8 जनाको मृत्यु भयो जबकि अन्य दुई गम्भीर रूपमा घाइते भए। दुर्घटना त्यस समय भयो जब जुनावई थाना क्षेत्रको हरगोविन्दपुर निवासी सूरज (24) को जन्ती बदायूको निम्ति गइऱहेको थियो। कारमा बेहुला सूरजको साथ उसकी भाज्यू आशा (26), भतिज विष्णु (06), भतिजनी ऐश्वर्या (02) बाहेक अरू बसेका थिए। कारको रफ्तार तीव्र हुँदा चालकले नियन्त्रण गुमायो। कार अनियन्त्रित भएर जनता इन्टर कलेजको पर्खालसित ठोकियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande