जम्मू, 05 जुलाई (हि.स.)। भारी वर्षाबीच 6,979 तीर्थयात्रीहरूको एक नयॉं समूह श्री अमरनाथ यात्राको निम्ति शनिवार बिहान जम्मूको भगवती नगर आधार शिविर प्रस्थान भएको छ।
अधिकारीहरूले बताए, अनन्तनाग जिल्लाको पहलगाम र गान्दरबल जिल्लाको बालटालमा 38 दिवसीय वार्षिक यात्रा शुरू भएपछि लगभग 30 हजार तीर्थयात्रीहरूले श्री अमरनाथको पवित्र गुफामा प्राकृतिक रूपमा हिउॅंले बनेको भगवान शिवको दर्शन गरिसकेका छन्।
अधिकारीहरू अनुसार, 6,979 तीर्थयात्रीहरूको चौथो समूह जसमा 5,196 पुरुष, 1,427 महिला, 24 नानी, 331 साधु र साध्वी तथा एक जना ट्रान्सजेन्डर सामेल छन्, कडा सुरक्षाबीच भिन्न-भिन्नै समूहमा बिहान 3:30 बजदेखि 4:05 बजीबीच भगवती नगर आधार शिविरबाट प्रस्थान भए।
यसरी नै 4,226 तीर्थयात्री 161 वाहनहरूमा 48 किलोमिटर लामो पारम्परिक पहलगाम मार्गबाट नुनवान आधार शिविरको निम्ति प्रस्थान भए भने 2,753 तीर्थयात्रीहरू 151 वाहनहरूमा 14 किलोमिटर लामो-छोटो, लेकिन अफ्ठ्यारो बालटाल मार्गतिर प्रस्थान भए।
बुधवार उपराज्यपाल मनोज सिन्हाले जम्मूबाट यात्रालाई हरियो झण्डा देखाएपछि अहिलेसम्म 24,528 तीर्थयात्री जम्मू आधार शिविरबाट घाटीको निम्ति प्रस्थान भइसकेका छन्।
यात्री कडा सुरक्षाबीच सामान्यरूपमा जारी छ। भगवती नगर आधार शिविरलाई बहुस्तरीय सुरक्षा घेरामा राखिएको छ। अहिलेसम्म 3.5 लाखभन्दा धेरै मानिसहरूले तीर्थयात्राको निम्ति अनलाइन पञ्जीकरण गरिसकेका छन्। जम्मूमा 34 आवास केन्द्र स्थापित गरिएका छन् र तीर्थयात्रीहरूलाई रेडियो फ्रीक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) ट्याग जारी गरिएको छ। तीर्थयात्रीहरूको पञ्जीकरणको लागि 12 काउण्टर स्थापित गरिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी