कोलकाता , 06 जुलाई (हि.स.)। जोड़िएको ट्रफ रेखा औ चक्रवातीय दबावको प्रभावले आइतवार र सोमवार दक्षिण बंगालका विभिन्न क्षेत्रहरूमा घना वर्षा हुने सम्भावना छ। बितेको शनिवार अलिपुर मौसम विभागद्वारा यस्तै भविष्यवाणी गरिएको छ। मौसम वैज्ञानिकहरूले बताएका छन्, उत्तर बंगालमा पनि कहीँ-कतै भारी वर्षा हुनसक्छ।
शनिवार फर्किने रथयात्राको दिन पूर्व औ पश्चिम मेदिनीपुर तथा पूर्व बर्धमानका केही स्थानहरूमा अति भारी वर्षा भयो। मौसम विभागले बताएको छ, कोलकातामा आइतवार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसको साथै शहरमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। सोमवारदेखि वर्षा हुने सम्भावना कम हुनेछ।
आइतवार पनि यी जिल्लाहरूमा घना वर्षाको चेताउनी जारी गरिएको छ। मौसम विभागले बताएको छ, आइतवार उत्तर र दक्षिण 24 परगना, मुर्शिदाबाद औ बीरभूम जिल्लामा घना वर्षा हुने सम्भावना अधिक छ। बिजुली चम्किनको साथै हल्कादेखि मध्यम वर्षा अनि 30-40 किमी प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
मंगलवारदेखि दक्षिण बंगालका जिल्लाहरूको मौसममा परिवर्तन देखिनेछ। तथापि वर्षा हुने चेताउनी नदिइए पनि मंगलवारदेखि दक्षिण बंगालका जिल्लाहरूमा पनि कहीँ-कतै बिजुली चम्किनकोसाथै वर्षा हुने सम्भावना कायम रहनेछ।
मौसम विभाग अनुसार दक्षिण बंगालसँगसँगै उत्तर बंगालका जिल्लाहरूमा पनि कुनै-कुनै ठाउँमा मुसलधारे पानी पर्नसक्छ। दार्जीलिङ, कालेबुङ, अलिपुर, कुचबिहार तथा जलपाईगुड़ीमा कतै पनि भारी वर्षा हुने सम्भावना छैन।
सोमवार मालदा सहित तल्लो भागका जिल्लाहरूमा वर्षा हुने सम्भावना बढ़्नेछ। तथापि उत्तर बंगालका जिल्लाहरूमा बिहीवारदेखि वर्षाको तीव्रता घट्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा