भाजपा सिक्किमद्वारा राज्यभरि डा. श्यामाप्रसाद मुखर्जीको १२५ औं जयन्ती पालन
भाजपा सिक्किमद्वारा राज्यभरि डा. श्यामाप्रसाद मुखर्जीको १२५ औं जयन्ती पालन


गान्तोक, 6 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज डा. श्यामाप्रसाद मुखर्जीको १२५ औं जयन्तीको अवसरमा राज्यभरि श्रद्धाञ्जली कार्यक्रम आयाेजन गऱ्याे। यस क्रममा तुमिन-लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत तीन स्थानहरूमा आयुष्मान भारत र ई-श्रम कार्ड सहजीकरण कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमहरू तुमिनमा ग्राम प्रशासन केन्द्र, खेसेमा कबीर सत्संग भवन र बराङमा विद्या भारती स्कूलमा गरिएकाे जानकारी प्रदेश मिडिया प्रभारी निरेन भण्डारीले आज एक विज्ञप्तिमा दिएका छन्।

प्रदेश अध्यक्ष डीआर थापाले सर्वसाधारणसँग अन्तरक्रिया गर्दै समाजका गरिब र सीमान्तकृत वर्गहरूको उत्थान गर्ने उद्देश्यले विभिन्न केन्द्रिय सरकारको कल्याणकारी योजनाहरू प्राप्त गर्न सक्रिय जनसहभागिताको महत्त्वमा जोड दिँदै डा. श्यामाप्रसाद मुखर्जीको जीवन, आदर्श र अपार योगदानमाथि प्रकाश पारे।

भाजपा नेता एनके सुब्बाको नेतृत्वमा गेजिङ जिल्लामा पनि यस्तै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। सुब्बाको उपस्थितिमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता देखियो। पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्र अन्तर्गत रेशी वार्डमा आयुष्मान भारत र ई-श्रम नामाङ्कन कार्यक्रम आयोजना गरियो। यसरी नै नाम्ची जिल्लामा, पार्टीकाे जिल्ला कार्यालय जन्मजयन्ती मनाइयो, जहाँ पार्टीका सदस्यहरूले डा. मुखर्जीको विरासतलाई सम्मान जनाए।

प्रदेश भाजपाले डा. श्यामाप्रसाद मुखर्जीको जीवन र आदर्शबाट प्रेरित भएर केन्द्रिय कल्याणकारी योजनाहरूलाई जनसाधारणकाे ढैलाेसम्म पुर्‍याएर सेवा गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेकाे विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande