दार्जिलिङमा परम पावन दलाई लामाको 90 औं जन्मदिन पालन
दार्जिलिङमा परम पावन दलाई लामाको 90 औं जन्मदिन पालन


पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो: अनित थापा

दार्जिलिङ, 06 जुलाई (हि.स.)। म हरेक बिहान परम पावन दलाई लामाको सन्देश पढ्छु। उहाँको सन्देशले मलाई ऊर्जा दिन्छ। मलाई सकारात्मक भाइब दिन्छ। म अन्योलतामा रहेको समय मलाई गोरेटो देखाउँछ। उहाँ युगपुरुष हुनुहुन्छ। उहाँको शान्तिको सन्देशले विश्वलाई नेतृत्व दिन्छ। उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भनेका हुन्।

उनले दार्जिलिङमा परम पावन दलाई लामाको 90औं जन्मदिन पालन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्। उनले भने, 'मैले पक्कै पनि मेरो पहिलाको जन्ममा पुण्यको काम गरेको थिएछु। यसैले आज मैले वहाँको जन्मदिनमा केक काट्ने सौभाग्य पाएँ।' थापाले अझ भने, 'पवित्र दलाई लामाको ठूलो सन्देश नै शान्ति हो। सहनशीलता अनि शान्तिले मानिसलाई सञ्चोसँग बस्न दिन्छ अनि प्रगति पथमा हिँड्नु अवसर प्रदान गर्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande