जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने
जीटीएले सुंगुर पालनमा युवाहरूलाई प्रोत्साहन दिने


खरसाङ, 06 जुलाई (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) ले बेरोजगार युवाहरुलाई स्वरोजगारको माध्यम दिलाउन व्यवसायिक सुंगुर पालनबारे निःशुल्क प्रशिक्षण दिइने भएको छ।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्माले भने, युवाहरुले केवल सरकारी नोकरीको मात्र अपेक्षा नराखी विभिन्न स्वरोजगारको माध्यमहरु अप्नाए हाम्रै ठाउँमा ती प्रशस्त सम्भावनाका मार्गहरु छन्, जस अनुसार यहाँका युवाहरुले बेरोजगारीको बहानामा पलायन हुन पर्दैन। उनले भने, पहाडमा युवाहरुलाई स्वावलम्बी बनाउन सुंगुर पालन एउटा उचित विकल्प बन्न सक्छ। किनभने मार्केटमा जहिले पनि संगुरको मासुको डिमाण्ड धेरै छ।

शर्माले भने, दार्जिलिङ पहाडमा अहिले सुंगुरको निर्यात बाहिरबाट भइरहेको छ। बजारमा जुन सुंगुरको मासुको डिमाण्ड छ, त्यसको पूरा पहाडको स्थानीय सुंगुर पालकहरुबाट हुन सकिरहेको छैन। तसर्थ हामीले यी विषयहरुमाथि गम्भीर रुपमा अध्ययन अनि समिक्षा गरेपछि यो निष्कर्षमा पुग्यौं, पहाडमा सुंगुर पालनको व्यवसाय अति उत्तम रुपमा फस्टिने ब्यापक सम्भावना रहेको छ।

जीटीएले पहाडमा अब सुंगुर पालनको नयाँ व्यवसायिक योजना बनाएर युवाहरुलाई स्वालम्वी बनाउने उद्देश्यका साथ व्यवसायिक सुंगुर पालनमाथि दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी शर्माले दिए। यसको प्रमुख केन्द्र सिपाहीधुरामा अवस्थित (एग्रो लाईफ फार्मिङ) पुरानो सुंगुर पालन फार्म रहनेछ।

शर्माले बताए, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पहलमा यो योजना पहाडमा लागु गरिनेछ। दुई दिनको निःशुल्क प्रशिक्षण दिइने छ जसले निकट भविष्यमा जीटीए क्षेत्रको स्थानीय सुंगुर पालन गर्ने पहाडका युवाहरुको आर्थिक अवस्था दह्रो बनेर जाने साथै बेरोजगारपनको समस्यालाई पनि समाधान हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande