प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ
प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ


- सोरेङ जिल्लालाई नशालु पदार्थ मुक्त जिल्ला बनाउन जिल्ला पुलिस समर्पित र प्रतिबद्ध: पुलिस अधीक्षक

गान्तोक, 07 जुलाई (हि.स.)। सोरेङ जिल्ला पुलिसले प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम बिनोद छेत्री हो भने उनी ओएफओजे कर्मचारी रहेको बताइएको छ।

सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानद्वारा जारी प्रेस ​विज्ञप्ति अनुसार, सोरेङ जिल्लाको दोदक निवासी बिनोद छेत्रीलाई आइतवार सॉंझ लगभग 6:30 बजी जिल्ला एवं सत्र न्यायाधीश न्यायालय छेउ च्याखुङ गेटमा पक्राउ गरियो। उनी सिलगढी-सोरेङ ट्याक्सी वाहनमा थिए। सोरेङका बीडीओको उपस्थितिमा गरिएको छानबिनको क्रममा 127 वटा प्रोक्सिमेक स्पास क्याप्सुल जफत गरियो। आरोपी व्यक्ति विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

जानकारी अनुसार, पक्रा पर्ने व्यक्ति ओएफओजे कर्मचारीहरू र सोरेङ बीएसीमा एलडीसीको पदमा कार्यरत छन्। उनी लामो समयदेखि सोरेङ जिल्ला पुलिसको निगरानीमा थिए भने प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ गरिएको छ।

सोरेङ जिल्ला पुलिस सोरेङ जिल्लालाई नशालु पदार्थ मुक्त जिल्ला बनाउन समर्पित र प्रतिबद्ध रहेको बताउॅंदै नागरिक समाजका प्रत्येक सदस्यलाई नशालु पदार्थ दुरुपयोग विरुद्धको लडाईमा हात मिलाउन पुलिस अधीक्षकले आग्रह गरेका छन्। उनले उज्यालो र सुरक्षित भविष्य सुनिश्चित गर्दै राष्ट्र निर्माणको लागि सोरेङ जिल्लालाई नाशा मुक्त जिल्ला बनाउन सहयोग गरौं भनी आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande