नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार कश्मीरी गेट स्थित महिला एवं बाल विकास विभागको कार्यालयमा सफाई गरेर ‘दिल्लीलाई फोहोरबाट मुक्ति’ स्वच्छता अभियानको विधिवत शुरूआत गरिन्। उनले भनिन्, ठूलो बदलावको शुरूआत सदैव आफ्नो घरबाटै गर्नुपर्छ र हामीले यही गरेका छौं।
मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, हामीले पहिले आफ्नो विभागलाई सफा गऱ्यौं, कर्मचारीहरूलाई जागरूक गऱ्यौं, फोहोर हटाएर स्वच्छताको सन्देश दियौं। किनभने हामीले आफूमा परिवर्तन ल्याए तब समाजलाई पनि प्रेरित गर्नसक्छौं। आजदेखि दिल्ली सरकारको हरेक विभागमा पनि फोहोरबाट मुक्ति अभियानको शुरूआत भइऱहेको छ। 01 देखि 31 अगस्तसम्म दिल्लीलाई फोहोर मुक्त गर्ने एक जन-आन्दोलन चल्नेछ। हामी सबैले मिलेर एक स्वच्छ, सुन्दर र हरित दिल्लीको निर्माण गरौं।
मुख्यमन्त्रीले आईएसबीटी कश्मीरी गेटमा दिल्लीलाई फोहोरदेखि मुक्ति अभियानमा पनि हिस्सा लिइन्। उनले यहाँ स्थानीय मानिसहरूबाट सुझाउ प्राप्त गरिन् औं अधिकारीहरूलाई व्यवस्थाहरूमा आवश्यक सुधार गर्ने निर्देश दिइन्। उनले भनिन्, अगस्तको पूरा महिना दिल्लीमा स्वच्छताको जन-आन्दोलनको साक्षी बन्नेछ। दिल्ली सकारका सबै विभाग र संस्थाहरूले यस अभियानमा सक्रिय भागीदारी निभाइरहेका छन्। यो केवल सफाईको कार्य नभएर नागरिक दायित्व र सामूहिक चेतनाको प्रतीक हो। यो पहल प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ को संकल्पलाई अघि बढ़ाउँदै दिल्लीलाई एक स्वच्छ, सुन्दर र हरित राजधानी बनाउने प्रयास हो।
‘दिल्लीलाई फोहोरबाट मुक्ति’ स्वच्छता अभियान अन्तर्गत मालवीय नगर विधानसभा क्षेत्रको ग्रीन पार्क, हौज खास, अरोड़ा कोलोनी र मेहरौली स्थित पुलिस ट्रेनिंग स्कूलसम्म लगभग पाँच किलोमीटरको पदयात्रा गरियो। यस अवधि बाटोमा सफाई र जनजागरूकता जस्तो विशेष कार्य गरियो। यसमा दिल्लीका महापौर राजा इकबाल सिंह, स्ट्याण्डिङ कमिटी अध्यक्ष सत्य शर्मा, निगमका अधिकारी, होर्टिकल्चर विभाग र भारतीय जनता पार्टीका विधायक सतीश उपाध्यायको साथ पार्टीको कार्यकर्ताहरू उपस्थित रहे।
हिन्दुस्थान समाचार / भवानी थामी