नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। ओयल मार्केटिङ कम्पनीहरू (ओएमसी) ले एलपीजी ग्यास सिलेन्डरको दरहरूमा कटौतीको घोषणा गर्दै 19 किलोको कमर्शियल ग्यास सिलेन्डरको दरमा 33.50 रूपियाँको कटौती गरेका छन्। कमर्शियल ग्यास सिलेन्डरहरूको नयाँ दर मध्य रातदेखि लागू भएको छ।
नयाँ दर अनुसार दिल्लीमा 19 किलो कमर्शियल एलपीजी सिलेन्डरको दर 1631.50 रूपियाँ भएको छ, जसको दर 1665.00 रूपियाँ थियो। ताजा कटौतीले कमर्शियल सिलेन्डरको प्रयोग गर्ने भारी संख्यामा होटल, रेस्टोरेन्ट र साना कारोबाहीरूलाई राहत मिलेको छ। यद्यपि, ओएमसीले आम उपभोक्ताहरूलाई कुनै राहत दिएको छैन। 14.2 किलोको घरेलू एलपीजी सिलेन्डरको दरमा कुनै बदलाव गरिएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी