उपराष्ट्रपति पदको चुनाउ 09 सेप्टेम्बरमा
उपराष्ट्रपति पदको चुनाउ 09 सेप्टेम्बरमा


नयाँ दिल्ली, 01 अग्सत (हि.स.)। निर्वाचन आयोगले उपराष्ट्रपति पदको निम्ति चुनाउ कार्यक्रमहरूको शुक्रवार घोषणा गऱ्यो। एकभन्दा अधिक उम्मेदवार भए मतदान 09 सेप्टेम्बरमा गराइनेछ। चुनाउको अधिसूचना 07 अगस्तमा जारी हुनेछ।

निर्वाचन आयोग अनुसार, चुनाउको अधिसूचना 07 अगस्तमा जारी हुनेछ र 21 अगस्तसम्म नामांकनको अन्तिम मिति हो। नामांकनको जाँच 22 अगस्तमा गरिनेछ र 25 अगस्तसम्म नाम फिर्ता लिनसकिन्छ। एकभन्दा अधिक उम्मेदवार भए 09 सेप्टेम्बरमा संसद भवनमा मतदान हुनेछ र त्यही दिन मतगणना पनि हुनेछ।

उपराष्ट्रपति पदको निम्ति एक निर्वाचन मण्डल बनाइन्छ। यसमा राज्यसभाका निर्वाचित र नामित सदस्य तथा लोकसभाको निर्वाचित सदस्य हुन्छन्। यिनीहरूले नै मतदान गर्छन्। मतदानको निम्ति राजनीतिक दलले आफ्नो सदस्यहरूलाई व्हीप जारी गर्नसक्दैन।

आयोग अनुसार, राज्यसभामा 233 मध्ये पाँच सीट रिक्त छ तथा 12 मनोनीत सदस्य छन्। लोकसभामा 543 सदस्य छन् र एक सीट रिक्त छ। अर्थात् लोकसभा र राज्यसभाको कूल 788 सीटमध्ये 6 सीट रिक्त छ। अर्थात् 782 सदस्यहरूको निर्वाचन मण्डलले उपराष्ट्रपति पदको निम्ति मतदान गर्नेछ।

उपराष्ट्रपति पदको निम्ति मतपत्रहरूको प्रयोग गरिन्छ र आयोगले नै पेन पनि उपलब्ध गराउँदछ। चुनाउ आयोगले संविधानको अनुच्छेद 324 अन्तर्गत उपराष्ट्रपति पदको निम्ति चुनाउ गराउँदछ। आयोगले राज्यसभाका महासचिव पीसी मोदीलाई चुनाउको रिटर्निङ अफिसर नियुक्त गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande