नीतीशको अझ् एक सौगात, शिक्षा एवं स्वास्थ्य अनुदेशक, मिड डे मील भान्सेहरू र नाइट वचम्यानको मानदेयमा दोबर बढ़ोतरी
नीतीश


पटना, 01 अगस्त (हि.स.)। मुख्यमन्त्री नीतीश कुमार पूरा चुनावी मोडमा चलिरहेका छन्। यही क्रममा शुक्रवार उनले शिक्षा विभाग अन्तर्गत मध्याह्न भोजनमा कार्य़रत भान्सेहरूको मानदेयमा दोबर वृदधि गर्दै 1650 रूपियाँदेखि 3300 रूपियाँ गरिने घोषणा गरे।

आफ्नो एक्स ह्याण्डलबाट उनले पोस्ट गरी बताएका छन्, शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउनमा भान्सेहरू, रात्रि प्रहरीहरू तथा शारीरिक शिक्षा एवं स्वास्थ्य अनुदेशकहरूले महत्वपूर्ण भूमिका निभाएका छन्। यसलाई ध्यानमा राखेर यी कर्मीहरूको मानदेय राशिमा सम्मानजक वृद्धि गर्दै यसलाई दोबर गर्ने निर्णय लिइको छ।

मुख्यमन्त्रील भने, शिक्षा विभाग अन्तर्गत मध्याह्न भोजनमा कार्यरत भान्सेहरूको मानदेयमा दोबर वृद्धि गर्दै 1650 रूपियाँदेखि 3300 रूपियाँ गर्ने निर्णय लिइएको छ। अर्कोतिर, माध्यमिक/उच्च शिक्षा विद्यालयमा कार्यरत रात्रि प्रहरीको मानदेय 5000 रूपियाँदेखि दोबर गर्दै यसलाई अब 10000 रूपियाँ गर्ने निर्णय लिइएको छ। साथै शारीरिक शिक्षा एवं स्वास्थ्य अनुदेशकहरूको मानदेय 8 हजार रूपियाँदेखि दोबर गर्दै अब 16 हजार रूपियाँ गर्ने निर्णय लिइएको छ। यिनीहरूको वार्षिक वेतन वृद्धि 200 रूपियाँको स्थानमा 400 रूपियाँ गर्ने निर्णय लिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande