श्रीनगरको बीएसएफ बटालियन मुख्यालयबाट एक जवान बेपत्ता
श्रीनगरको बीएसएफ बटालियन मुख्यालयबाट एक जवान बेपत्ता


श्रीनगर, 01 अगस्त (हि.स.)। श्रीनगर स्थित 60औं बटालियन मुख्यालयबाट बिहिवार अबेर साझँ सीमा सुरक्षा बल (बीएसएफ) को एक जवान बेपत्ता भएको छ। उसको पत्तो लगाउन व्यापक खोजी अभियान चलाइँदैछ। अधिकारीहरूले बताए, बीएसएफको 60औं बटालियनको यो जवान पन्थाचौकमा तैनाथ थियो। वरपरका क्षेत्रहरूमा व्यापक प्रय़ास गरिएपनि उसको पत्तो लाग्न सकेको छैन।

यसपछि जवान हराएको रिपोर्ट दर्ता गरिएको छ र अघिको जाँच जारी छ। जवान बेपत्ता हुनुको पछाड़ी कारण के हो, यसबारे अहिलेसम्म थाहा लागेको छैन।

उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको कोतवाली देहात स्थित सिखेरा गाउँको मूल निवासी सुगम चौधरी स्वर्गीय देवेन्द्र कुमारको छोरा हो। प्रारम्भिक आन्तरिक रिपोर्टहरू अनुसार, उसको रंग गोरो, कपाल कालो र 174.5 सेमी अग्लो बताइएको छ। बेपत्ता हुन अगाड़ी उसले कुनै प्रकारको समस्या वा असामान्य व्यवहारको संकेत दिएको थिएन। अधिकारीहरूले पुष्टि गरेका छन् कि सबै मानक प्रोटोकलको पालन गरिँदैछ र उसको परिवारलाई स्थितिसित अवगत गराइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande