असम-अरूणाचल सीमा नजिक विस्फोटक जफत, संदिग्ध उल्फा (आई) एनएससीएनमाथि शंका
असम


तिनसुकिया, 14 अगस्त (हि.स.)। स्वतन्त्रता दिवसभन्दा ठीक एक दिन अगाड़ी सुरक्षा बलहरूलाई ठूलो सफलता हात लागेको छ। असम राइफल्सले असम-अरूणाचल प्रदेश सीमा नजिक स्थित फिनबिरू गाउँबाट भारी मात्रामा विस्फोटक जफत गरेको छ।

मार्घेरिटा उपखण्डको टिपोंगदेखि लगभग 7 किमी टाढ़ा यो विस्फोट जफत गरियो। यो खेप उल्फा (इन्डिपेन्डेन्ट) र एनएससीएन (केवाईए) उग्रवादीहरूसित जोड़िएको हुनसक्ने आशंका छ। अधिकारीहरू अनुसार, जफत गरिएको सामग्री बम बनाउने तयारीको हिस्सा थियो।

जफत गरिएको समानमा 18 रेडियो सेट, चार रेडियो चार्जर, छह इलेक्ट्रिक तार, एक देशी पेस्तोल, 59 डेटोनेटर, छह प्राइमर, दुई बम फ्यूज र 60 जिउँदो कारतूस सामेल छ।

अधिकारीहरूको भनाई छ, यो विस्फोटक स्वतन्त्रता दिवस समारोहमा हमलाको षड़यन्त्रको निम्ति पठाइएको थियो। पूरा खेपलाई अघिको जाँचको निम्ति

असम पुलिसलाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande