महाराष्ट्रको अहिल्यानगरमा फर्नीचरको दोकानमा आगो लाग्दा एकै परिवारको 5 सदस्यको मृत्यु
अहिल्या


मुम्भई, 18 अगस्त (हि.स.)। महाराष्ट्रको अहिल्यानगरको नेवासा फाटा स्थित एक फर्नीचरको दोकानमा आगो लाग्दा एकै परिवारका पाँच सदस्यको मृत्यु भयो। आगो लागेको सूचना पाउनसाथ फायर ब्रिगेडको टीम घटनास्थलमा पुग्यो र आगो निभायो। अहिल्यानगर पुलिसको टीमले यहाँ आगो लागेको कारणहरूको पत्तो लगाइरहेको छ।

यस घटनाको छानबीन गरिरहेका एक पुलिस अधिकारीले सोमवार जानकारी गराए, अहिल्यानगरको नेवासामा मयूर फर्नीचर नामक दोकानमा हिजो राति लगभग एक बजी आगो लाग्यो। यस घटनाको जानकारी पाउनसाथ फायर ब्रिगेड र पुलिस टीम तत्काल घटनास्थलमा पुग्यो। फर्नीचरको दोकानमा ज्वलनशील पदार्थ रहेको कारण आगोलाई शीघ्र निभाउन सकिएन। यसबाट दोकानमा सुतिरहेका एकै परिवारका पाँच सदस्यको जलेर मृत्यु भयो।

मृतकहरूको पहिचान मयूर अरुण रसाने (45), पायल मयूर रसाने (38), अंश मयूर रसाने (10), चैतन्य मयूर रसाने (7) र एक वृद्ध महिलाको रुपमा गरिएको छ। फायर ब्रिगेडको टीमले आज बिहानसम्म आगो निभायो। पुलिसले घटनास्थलमा पुगेर आगो लागेको कारणहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande