उपराष्ट्रपति पदको निम्ति राजग उम्मेदवार सीपी राधाकृष्णनले प्रधानमन्त्रीलाई भेटे
मोदी


नयाँ दिल्ली, 18 अगस्त (हि.स.)। उपराष्ट्रपति पदको निम्ति राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) का उम्मेदवार सीपी राधाकृष्णनले सोमवार यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसित शिष्टाचार भेट गरे।

प्रधानमन्त्रीले राधाकृष्णनलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइएकोमा शुभकामना दिए। उनले भने, सार्वजनिक जीवनमा राधाकृष्णनको दीर्घ अनुभव र विभिन्न क्षेत्रहरूमा उनको भूमिका देशको निम्ति मूल्यवान सिद्ध हुनेछ। मोदीले एक्स पोस्टमा लेखेका छन्, सीपी राधाकृष्णनलाई भेटे। उनलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइएकोमा शुभकामना दिए। सार्वजनिक सेवामा उनको वर्षौंको अनुभव र विभिन्न क्षेत्रहरूमा उनको सक्रियताले हाम्रो देशलाई अझ् समृद्ध बनाउनेछ। उनी त्यही समर्पण र संकल्पको साथ राष्ट्रको सेवा गरिरहनेछन्, जस्तो उनले सदैव देखाएका छन्।

राधाकृष्णनले एक्स पोस्टमा लेखेका छन्, आज नयाँ दिल्लीमा हाम्रा प्रिय जननेता, हाम्रा अत्यन्त सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर धन्य र सम्मानित महसूस गरिरहेको छु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande