कोलकाता, 18 अगस्त (हि.स.)। पश्चिम बंगालको उत्तर 24 परगनाको मध्यमग्राममा एक 25 वर्षीय युवकको आइतवार राति भएको बम विस्फोटमा मृत्यु भयो। उसको नाम सच्चिदानन्द मिश्र हो, जो मूल रूपमा उत्तर प्रदेशको निवासी थियो। गम्भीर रूपमा घाइते सचिदानन्दलाई तत्काल बारासत अस्पताल लगियो, जहाँ उसको मृत्यु भयो। मामिलाको गम्भीरतालाई मध्यनजर राखेर राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले अब मामिलाको जाँच गर्नेछ।
पुलिस अनुसार, घटना राति लगभग एक बजी मध्यग्राम हाई स्कूल गेट नजिक जनकल्याण मैदानको विपरीत दिशामा अवस्थित रविन्द्र मुक्त मंच निकट भयो। जिल्ला पुलिसले आफ्नो आधिकारिक बयानमा सोमवार बतायो, मानिसहरूको भनाई छ, विस्फोट भएको समय सचिदानन्द मंचको एक बेञ्चमा बसेको थियो र उसको हातमा बम थियो। अचानक विस्फोट हुँदा उसको दुवै हातमा गम्भीर चोट लाग्यो र शरीरका अन्य हिस्साहरूमा पनि गम्भीर चोट लाग्यो।
घटनापछि क्षेत्रलाई तुरन्तै घेराबन्दी गरी पुलिसले खोजी अभियान चलायो। शुरूआती आशंका थियो कि त्यहाँ अझ् धेरै बम हुनसक्छ। बारासत पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक अतीश विश्वास र एसडीपीओ विद्यागढ़ अजींका अनन्त पनि घटनास्थलमा पुगे। बम डिस्पोजल स्क्वाडलाई बोलाइयो र घटनास्थलबाट एक संदिग्ध ब्याग जफत गरियो। जाँचमा ब्यागबाट केवल मोबाइल चार्जर, केही इलेक्ट्रोनिक उपकरण र लुगा भेटियो, जबकि कुनै विस्फोटक सामग्री भेटिएन।
पुलिसको भनाई छ, जाँच जारी छ। मृतकका परिजनहरूको पनि पत्तो लगाइँदैछ ताकि उबारे अधिक जानकारी पाउनसकियोस्। एनआईएलाई यस सम्बन्धमा सूचना दिइएको थियो जसपछि राष्ट्रिय जाँच एजेन्सीको टीमले घटनास्थलबाट नमूना एकत्र गरी विस्फोट र उद्देश्यको पत्तो लगाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी