कोलकाता, 18 अगस्त (हि.स.)। फिल्म निर्देशक विवेक अग्निहोत्रीको आगामी फिल्म 'द बंगाल फाइल्स' लाई लिएर विवाद अझ् गहिरिँदै गइरहेको छ। स्वतन्त्रता सेनानी गोपाल मुखर्जी उर्फ गोपाल पाठाका नाति सन्तना मुखर्जीले फिल्ममा उनका बाजेको चरित्रलाई गलत तरीकाले पेश गरेको आरोप लगाउँदै नयाँ एफआईआर दर्ता गराएका छन्।
सोमवार सन्तना मुखर्जीले भनेका छन्, फिल्ममा उनका बाजेलाई 'कसाई' को रूपमा देखाइएको छ, जुन एतिहासिक तथ्यहरूको विपरीत हो। उनले आरोप लगाए, परिवारबाट अनुमति नलिई नै गोपाल मुखर्जीको चरित्र फिल्ममा सामेल गरियो। उनले स्पष्ट गरे, उनका बाजे अनुशीलन समितिको सदस्य थिए, कुश्तीमा पारंगत थिए र 1946 का दंगाहरूमा मुस्लिम लीगको हिंसादेखि मानिसहरूको रक्षा गर्न हतियार उठाएका थिए। यद्यपि, उनी बाख्राको मासु बिक्री गर्ने दुई वटा दोकानको मालिक थिए, तर उनलाई कसाई भन्नु गलत हो।
यस अगाड़ी फिल्म विरूद्ध जुलाईमा मुर्शिदाबाद जिल्ला र कोलकाताको लेक टाउन थानामा पनि एफआईआर दर्ता भएको थियो। फिल्ममा यस्ता संवेदनशील दृश्य हुनसक्छ, जसले राज्यको साम्प्रदायिक सद्भावनालाई प्रभावित गर्नसक्ने आरोप थियो।
विवेक अग्निहोत्री र उनकी पत्नी एवं अभिनेत्री पल्लवी जोशीले 31 जुलाईमा यी एफआईआरलाई रद्द गर्न कलकत्ता उच्च न्यायालयको एकल पीठमा याचिता दर्ता गरेका थिए। 04 अगस्तमा न्यायमूर्ति जय सेनगुप्ताको पीठले यी एफआईआरमा अन्तरिम रोक लगाएको थियो। 'द बंगाल फाइल्स' लाई विवेक अग्निहोत्रीको
'फाइल्स' ट्रिलोजीको तेस्रो भाग निन्दैछ। यस अगाड़ी 2019 मा 'द ताशकन्द फाइल्स' र 2022 मा विवादित 'द कश्मीर फाइल्स' रिलीज भइसकेको छ। ममता ब्यानर्जी सरकारमाथि पहिलेपनि फिल्महरूमा रोक लगाइएको आरोप लाग्दै आइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी