हैदराबाद, 18 अगस्त (हि.स.)। हैदराबादको रामनाथपुरको गोकुलनगरमा एक ठूलो दुर्घटना घटेको छ। यहाँ कृष्ण जन्माष्टमी उत्सव मनाउँदै निकालिएको जुलूसमा एक रथ बिजुलीको तारको चपेटमा पऱ्यो। यसबाट करेन्ट लाग्दा पाँच जनाको मृत्यु भयो। घटना आइतवार मध्यरातपछि त्यस समय भयो जब जुलूसको समापन भइऱहेको थियो। यस घटनामा चार जना गम्भीर रूपमा जलेका छन्, जसलाई अस्पतालमा भर्ती गराइएको छ। रचकोन्डा एसएचओ उप्पलको भास्करले घटनाको पुष्टि गरेका छन्।
मृतकहरूको पहिचान कृष्णा यादव (21), सुरेश यादव (34), श्रीकान्त रेड्डी (35), रुद्रविकास (39) र राजेन्द्र रेड्डी (45) को रूपमा गरिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी