दिल्ली-एनसीआरमा मौसममा परिवर्तन, कतै तीव्र त कतै मध्यम वर्षा, आजको निम्ति रेड अलर्ट जारी
दिल्ली


नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। दिल्ली-एनसीआरका केही हिस्साहरूमा आज बिहान कामकाजी मानिसहरूलाई तीव्र वर्षाको सामना गर्नुपऱ्यो। भारत मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्ली-एनसीआरको निम्ति चेताउनीको रूपमा पहिले जारी येलो अलर्टलाई आज दिनभरिको निम्ति रेड अलर्टमा परिणत गरेको छ।

बिहान लगभग 5 बजीदेखि पानी परिरहेको कारण केही क्षेत्रहरूमा पानी जमा भएको छ। दिल्ली, गाजियाबाद, नोएडा, गुरुग्राम र एनसीआरका अधिकांश हिस्साहरूमा अहिले वर्षा रोकिने सम्भावना देखा परिरहेको छैन। गुरूग्रामको बसई रोड जलमग्न हुँदा यातायात प्रभावित भएको छ। आईएमडीले आगामी दुईदेखि तीन घण्टामा हल्कादेखि मध्यम वर्षा र केही क्षेत्रहरूमा भारी वर्षाको चेताउनी दिएको छ।

आईएमडीले आज बिहान जारी बुलेटिनमा भन्यो, आगामी दुई-तीन घण्टामा दिल्ली र एनसीआरको अधिकांश क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँ मध्यमदेखि भारी वर्षा हुनसक्छ। आईएमडीले आफ्नो वेबसाइटमा जारी पूर्वानुमानमा तीव्र वर्षाको चेताउनी दिएको छ।

दिल्ली-एनसीआर आईएमडीले आगामी केही घण्टामा हरियाणा, चण्डीगढ़, दिल्ली, पञ्जाब, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तरी मध्य प्रदेश र पश्चिमी उत्तर प्रदेशमा पनि भारी वर्षाको चेताउनी दिएको छ। आईएमडीको 11 अगस्तको रिपोर्टमा बताइएको थियो कि सालको शुरूआतदेखि अहिलेसम्म दिल्लीमा 706 मिलीमीटरभन्दा अधिक पानी परिसकेको छ। यो सामान्य वार्षिक वर्षा 774.4 मिलीमीटरले 91 प्रतिशतभन्दा अधिक छ।

यसबीच आईएमडीले 17 अगस्तसम्म दिल्ली-एनसीआरमा वर्षाको अलर्ट जारी गरेको छ। आईएमडी अनुसार, दिल्लीमा आज न्यूनतम तापक्रम लगभग 26.2 डिग्री सेल्सियस रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande