किश्तवाड़, 14 अगस्त (हि.स.)। जम्मू-कश्मीरको किश्तवाड़ जिल्लामा बिहिवार मचैल माता यात्रा मार्गमा सुदूर गाउँ चसोतीमा बादल फाट्दा कम्तीमा 10 जना मारिएको आशंका छ। घटनापछि मन्दिरको वार्षिक यात्रा स्थगित गरिएको छ र अधिकारी सबै संसाधन जुटाएर व्यापक स्तरमा बचाउ र राहत अभियान चलाउन घटनास्थलतिर प्रस्थान भएका छन्। उपराज्यपाल मनोज सिन्हाले घटनामा भएको ज्यानमालको नोकसानमा शोक व्यक्त गरेका छन्।
जम्मू-कश्मीरको किश्तवाड़को पड्डरको चसोती गाउँमा भारी बादल फाटेको खबर छ। स्थानीय सूत्रहरू अनुसार, मन्दिर जाने बाटोमा अन्तिम यातायातयोग्य प्रभावित क्षेत्रमा 200 देखि 300 जना फंसेको आशंका छ। अधिकारीहरूले बताए, किश्तवाड़का उपायुक्त पंकज कुमार शर्मा र वरिष्ठ पुलिस अधीक्षक नरेश सिंह पनि बचाउ अभियानको निगरानीको निम्ति बादल फाटेको क्षेत्रमा गइऱहेका छन्। पाडरको उपमण्डल मजिस्ट्रेटको नेतृत्वमा अधिकारीहरूको एक टीम घटनास्थलमा पुगेको छ र बादल फाट्दा अहिलेसम्म 10 जना मरेको आशंका छ।
उपराज्यपाल मनोज सिन्हाले भने, किश्तवाड़ जिल्लाको चसोती गाउँमा बादल फाट्ने घटनाले व्यथित छु। शोक संतप्त परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वस्थ हुने प्रार्थना गर्दछु। सिविल, पुलिस, सेना, एनडीआरएफ र एसडीआरएफ अधिकारीहरूलाई बचाउ एवं राहत कार्यहरूलाई अझ् तीव्र गर्ने र प्रभावितहरूलाई हर सम्भव सहायता प्रदान गर्ने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी