पाकिस्तानी नेताहरूको बयानबाजीमा भारतको चेताउनी- कुनैपनि दुस्साहसको हुनेछ भयंकर परिणाम
पाकिस्तानी नेताहरूको बयानबाजीमा भारतको चेताउनी- कुनैपनि दुस्साहसको हुनेछ भयंकर परिणाम


नयाँ दिल्ली, 14 अगस्त (हि.स.)। भारतले पाकिस्तानका नेताहरूको बयानबाजीमा संयम अपनाउने सुझाउ दिएको छ। साथै छिमेकी देशबाट कुनैपनि दुस्साहसको भंयकर परिणाम हुने चेताउनी दिएको छ। हालमा अपरेशन सिन्दूरले यसको स्पष्ट उदाहरण पेश गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले साप्ताहिक पत्रकार वार्तामा उक्त कुरा भनेका हुन्। उनले भने, हालमा भारत विरूद्ध पाकिस्तानी नेताहरूले लापरवाह, युद्धोन्मादी र घृणास्पद टिप्पणीहरू गरेका छन्। आफ्नो विफलतालाई लुकाउन बारम्बार भारत विरोधी बयान दिनु पाकिस्तानी नेतृत्वको बानी बसेको छ। प्रवक्ताले भने, पाकिस्तानलाई आफ्नो बयानबाजीमा संयम अपनाउने सुझाउ दिइन्छ किनभने कुनैपनि दुस्साहसको भयंकर परिणाम हुनेछ, जस्तो हालमा प्रदर्शित गरिएको थियो।

यस बाहेक भारतले स्पष्ट गऱ्यो कि सिन्धु जल सन्धिमा मध्यस्थता न्यायालयको वैधता, औचित्य वा क्षमतालाई भारतले कहिले स्वीकार गरेको छैन। यस्तो स्थितिमा यसको फसेला अधिकार क्षेत्रदेखि बाहिर र कानूनी प्रभावरहित छ तथा भारतको जल उपयोग अधिकारहरूलाई प्रभावित गर्दैन। जायसवालले पाकिस्तानको निर्णय सम्बन्धी चुनिन्दा र भ्रामक सन्दर्भहरूलाई पनि खारेज गरे। उनले दोहोऱ्याए कि 27 जूनमा स्पष्ट गरिएको थियो कि सिन्धु जल सन्धि भारत सरकारको सम्प्रभु निर्णय अन्तर्गत स्थगित छ। यो निर्णय पाकिस्तानद्वारा सीमा पारी आतङ्कवादलाई लगातार प्रायोजित गरेको र बर्बर पहलगाम हमलाको जवाफमा लिइएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande