भारतीय राष्ट्रमा उन्नति गर्ने जन्मजात क्षमता- होसबाले
होसबोले


मुम्बई, 15 अगस्त (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरकार्यवाह दत्तात्रेय होसबालेले स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार यहाँको रामभाऊ म्हालगी प्रबोधिनीमा ध्वजारोहण गरे। यस अवसरमा उनले भने, भारतको आत्मा फीनिक्स पक्षी सरह छ। प्राचीन कालदेखिकै भारतीय राष्ट्रमा कुनैपनि संकटको सामना गरेपछि पुनः उठेर खड़ा हुने, प्रगति गर्ने र उन्नति गर्ने जन्मजात क्षमता रहेको छ।

सरकार्यवाह होसबालेले देशको स्वतन्त्रताको निम्ति बलिदान दिने स्वतन्त्रता सेनानीहरूको स्मरण गरे। उनले सैन्यकर्मीहरू सहित ती सबै अर्धसैनिक बलहरूका जवानहरूप्रति पनि कृतज्ञता व्यक्त गरे, जो आज भारतको बाह्य र आन्तरिक सुरक्षाको निम्ति लड़िरहेका छन्। उनले भने, देशका सीमाहरू पराक्रमी, वीर सैनिकहरूकै कारण अक्षुण्ण छ।

कार्यक्रममा रामभाऊ म्हालगी प्रबोधिनीका उपाध्यक्ष डा. विनय सहस्रबुद्धेले उपस्थित मानिसहरूको स्वागत गरे औं स्वतन्त्रता दिवसको शुभकामना दिए। यस अवसरमा प्रबोधिनीका कोषाध्यक्ष नीलेश गोसावी र मुख्य कार्यकारी अधिकारी डा. प्रकाश आड़े पनि उपस्थित थिए। रामभाऊ म्हालगी प्रबोधिनीमा आयोजित राष्ट्रिय स्वयंसेवक संघका 'ग्लोबल आउटरीच प्रोग्राम' मा सामेल हुन आएका संसारभरिका स्वयंसेवक र पदाधिकारी पनि ध्वजारोहण समारोहमा उपस्थित थिए। ध्वजारोहण एवं राष्ट्रगानपछि ग्लोबल आउटरीच कार्यक्रममा आएका स्वयंसेवकहरू एवं प्रबोधिनीका अधिकारीहरू एवं कर्मचारीहरूले भारत माताको पूजा-अर्चना गरी कार्यक्रमको समापन गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande