महाराष्ट्रको नागपुर संघ मुख्यालयमा फहराइयो राष्ट्रध्वज
नागपुर


नागपुर, 15 अगस्त (हि.स.)। देशको 79औं स्वतन्त्रता दिवसको अवसरमा महाराष्ट्रको नागपुरमा महल क्षेत्रस्थित राष्ट्रिय स्वयंसेवक संघको मुख्यालयमा आज स्वतन्त्रता दिवस पर्व मनाइयो। सरसंघचालक डा. मोहन भागवत नागपुरमा उपस्थित नभएको कारण संघको नागपुर महानगर संघचालक राजेश लोयाले राष्ट्रध्वज फहराए। यस अवसरमा धेरै स्वयंसेवक र प्रचारक उपस्थित थिए।

यस पर्वमा आफ्नो विचार पोख्दै महानगर संघचालक लोयाले स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि अर्पित गरे औं स्वतन्त्रतापछि देशमा आएको हरेक संकटको डटेर सामना गर्ने भारतीय सशस्त्र सेनाहरूको सराहना गरे।

उनले भने, भारतले आफ्नो संसाधनहरूको बुतामा जुन विजय प्राप्त गरेको छ, त्यसले पूरा विश्वलाई चकित बनाएको छ। यो सफलता गत केही वर्षमा जागृत भएको राष्ट्रिय स्वाभिमानको भावनाको कारण सम्भवन हुन सकेको छ।

आत्मनिर्भरताको महत्वमाथि जोड दिँदै उनले भने, यस प्रकारको जागरूकता भाषाबाट शुरू हुन्छ। उनले मानिसहरूसित आफ्नो मातृभाषालाई प्राथमिकता दिने आग्रह गरे, विशेष रूपमा हिन्दीलाई किनभने यो देशमा सबैभन्दा अधिक बोलिने भाषा हो। साथै उनले यो पनि भने, जुन राज्यमा हामी बस्छौं, त्यसको भाषालाई पनि सम्मानपूर्वक सिक्नु र प्रयोग गर्नुपर्छ। उनले स्पष्ट गरे, विदेशी भाषाहरूको उपयोग केवल सामान्य संवादको निम्ति गरिनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande