नयॉं दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार स्वतन्त्रता दिवसको अवसरमा लाल किलाबाट दिएको सम्बोधनमा सरकारले आगामी दिवालीमा नेक्स्ट जेनरेशन जीएसटी रिफर्म लिएर आउने घोषणा गरे।
प्रधानमन्त्रीले भने, यसले नागरिकहरूमाथि ट्याक्सको बोझ कम हुनेछ। प्रधानमन्त्रीले आजदेखि देशमा प्रधानमन्त्री विकसित भारत रोजगार योजनाको पनि घोषणा गरे। उनले भने, यसले निजी क्षेत्रमा पहिलो नोकरी पाउनेहरूलाई सरकारबाट 15,000 रूपियॉं प्राप्त हुनेछ।
प्रधानमन्त्रीले नेक्स्ट जेनरेशन जीएसटी रिफर्मलाई लिएर भने, एक उच्चस्तरीय समितिद्वारा समीक्षापछि तय गरिएका सुधारहरू अन्तर्गत सामान्य नागरिकहरूसॅंग सम्बन्धित करहरूमा उल्लेखनीय कमी गरिने छ। यसले दैनिक जीवनमा काम आउने वस्तुहरू सस्तो हुनेछ र एमएसएमई क्षेत्रलाई लाभ हुनेछ।
प्रधानमन्त्रीले सरकारले आयकर प्रणालीलाई पनि सरल बनाएको बताए। हालैमा 12 लाख रूपियॉंसम्मको वार्षिक आयमा कर पूर्ण रूपमा समाप्त गरिएको उनले बताए। प्रधानमन्त्रीले भने, यो कदमले मध्यमवर्ग र वेतनभोगी वर्गको लागि ठूलो राहत लिएर आएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी