लाल किलामा प्रधानमन्त्रीले फहराए राष्ट्रिय ध्वज
लाल किलामा प्रधानमन्त्रीले फहराए राष्ट्रिय ध्वज


नयॉं दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 79औं स्वतन्त्रता दिवस 2025 को अवसरमा लाल किलाको प्राचीरबाट राष्ट्रिय ध्वज फहराए। यस अघि उनी राजघाट पुगेर महात्मा गॉंधीलाई श्रद्धाञ्जली दिए।

प्रधानमन्त्री लाल किला पुगेपछि गार्ड अफ् अनर प्रदान गरियो। ध्वजारोहणपछि उनले राष्ट्रगानका साथ सलामी लिए।

लाल किलाबाट ध्वजारोहण र राष्ट्रलाई सम्बोधन गर्ने परम्परा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित नेहरूको कार्यकालदेखि चलेर आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी लगातार 12 वर्षसम्म राष्ट्रलाई सम्बोधन गर्ने दोस्रो प्रधानमन्त्री बनेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande