लाल किलाको प्राचीरबाट प्रधानमन्त्रीले भने- आत्मनिर्भरता विकसित भारतको आधार
पीएम माेदी


नयॉं दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार स्वतन्त्रता दिवसको अवसरमा लाल किलाको प्राचीरबाट दिएको सम्बोधनमा भने, आत्मनिर्भरता विकसित भारतको आधार हो। सामर्थ्य कायम राख्न आत्मनिर्भर बन्नु अत्यन्त आवश्यक छ।

प्रधानमन्त्रीले भने, अरूहरूमाथि निर्भरताले स्वतन्त्रतामाथि प्रश्नचिन्ह खडा गर्दछ। आत्मनिर्भर बन्नका लागि निरन्तर जागरूक बन्नु आवश्यक छ। उनले भने, आत्मनिर्भरता केवल आर्थिक होइन, तर राष्ट्रिय सामर्थ्यसॅंग जोडिएको छ। सामर्थ्यलाई सुरक्षित राख्न र यसलाई निरन्तर बलियो बनाउनका लागि आत्मनिर्भर बन्नु अनिवार्य छ।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले पाकिस्तानको परमाणु ब्ल्याकमेललाई खारेज गरिदिए। उनले भने, कुनै पनि दुस्साहसको कडा जवाफ दिइनेछ र सेनाले आफ्नो शर्त र समयमा कारबाही गर्नेछ। प्रधानमन्त्रीले दोहोऱ्यॉंदै भने, खून र पानी एकसाथ बग्न सक्दैन। उनले सिन्धु जल सम्झौतालाई अन्यायपूर्ण र एकतर्फी बताए।

प्रधानमन्त्रीले भने, सिन्धु जल सम्झौताले देशका किसानहरूलाई अकल्पनीय क्षति पुऱ्याएको छ र किसान हित र राष्ट्रहितमा यसलाई स्वीकार गर्न सकिॅंदैन। उनले श्यामा प्रसाद मुखर्जीको बलिदानको सम्झाना गर्दै भने, उहॉं भारतको लागि बलिदान दिने पहिलो महापुरुष थिए। उहॉंको जीवन राष्ट्रको लागि प्रेरणा हो। धारा 370 को भित्ता तोडेर एक देश एक संविधानको मंत्रलाई जब हामीले साकार बनायौं, हामीले डा. श्यामा प्रसाद मुखर्जीलाई सॉंचो श्रद्धाञ्जली दियौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande