आरएसएसको 100 वर्ष: प्रधानमन्त्रीले स्वयंसेवकहरूको योगदानलाई गरे नमन
पीएम माेदी


नयॉं दिल्ली, 15 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार स्वतन्त्रता दिवसको अवसरमा लाल किलाबाट आफ्नो सम्बोधनमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को 100 वर्ष पूर्ण भएकोमा संगठन र संगठनका स्वयंसेवकहरूको आदरपूर्वक स्मरण गरे। उनले भने, आरएसएसले व्यक्ति निर्माणदेखि राष्ट्र निर्माणको संकल्पसम्म मॉं भारतीको कल्याणको लक्ष्य लिएर मातृभूमिलाई जीवन समर्पित गरेका छन्।

प्रधानमन्त्रीले गर्वका साथ भने, सेवा, समर्पण, संगठन र अप्रतिम अनुशासन, संघको पहिचान रहेको छ। उनले यसलाई संसारकै सबैभन्दा ठूलो एनजीओ बताउॅंदै भने, 100 वर्षमा देशको सेवा गर्ने लाखौं स्वयंसेवकहरूले राष्ट्रहितमा अमूल्य योगदान दिएका छन्। उनले भने, आरएसएसको प्रेरणा र कार्यशैलीले समाजमा एकता, अनुशासन र राष्ट्रभक्तिको भावनालाई बलियो बनाएको छ, जसले समृद्ध र सशक्त भारतको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

उल्लेखनीय छ, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को स्थापना विजयादशमीको दिन 1925 मा नागपुरमा डा. केशव बलिराम हेडगेवारले गरेका थिए। यसको मूल्य उद्देश्य व्यक्ति निर्माणको माध्यमद्वारा राष्ट्र निर्माण हो। संघ अनुशासन, सेवा, समर्पण र संगठनलाई आफ्नो कार्यको आधार मान्दछ। यसका शाखाहरूमा शारीरिक, बौद्धिक र सांस्कृतिक गतिविधिहरूको माध्यमद्वारा स्वयंसेवकहरूमा राष्ट्रभक्ति र सामाजिक उत्तरदायित्वको भावना विकसित गरिन्छ।

आरएसएस शिक्षा, ग्रामीण विकास, आपदा राहत, स्वास्थ्य र सामाजिक समरसताको क्षेत्रमा कार्यरत छ। यसलाई संसारकै सबैभन्दा ठूलो स्वयंसेवी संगठन मानिन्छ, जसले विगत सय वर्षमा राष्ट्रहितमा व्यापक योगदान दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande