बेङ्गलुरूमा चार तले भवनमा आगलागी, पाँचको मृत्यु
मृतक


बेङ्गलुरू, 16 अगस्त (हि.स.)। कर्नाटकको राजधानी बेङ्गलुरूमा केआर मार्केट निकट नागरथपेटेमा एक चार तले व्यावसायिक भवनमा आगो लाग्दा एउटै परिवारका चार सदस्यको मृत्यु भयो। भवनमा अहिलेपनि धेरै जना फंसेको आशंका छ। घटनास्थलमा पुगेका दमकल कर्मीहरू आगो निभाउन र भवनमा फंसेका मानिसहरूलाई बाहिर निकाल्नमा जुटेका छन्।

यस आगलागी घटनामा मृतकहरूको पहिचान मूल रूपमा राजस्थान निवासी मदन (38), उनकी पत्नी संगीता (33), मितेश (8) र विहान (5) को रूपमा गरिएको छ। यी सबै एकै परिवारका सदस्य़ थिए जबकि सुरेश जसले दोस्रो तलामा काम गर्थे, उनको पनि यस त्रासदीमा मृत्यु भएको छ।

पुलिस अनुसार, बिल्डिङको भूईतलामा प्लास्टिक म्याटको गोदाममा लागेको आगो तीव्र गतिमा फैलियो। हेर्दा हेर्दै आगो बिल्डिङको तेस्रो तलासम्म पुग्यो र त्यहाँ बस्ने राजस्थान निवासी मदन कुमार, उनकी पत्नी संगीता र नानीहरू विहान र मितेश आगोमा फंसे। आगोमा जलेर उनीहरूको घटनास्थलमै मृत्यु भयो। पहिलो तलामा काम गरिरहेको मजदूर सुरेशको पनि मृत्यु भएको छ।

बेङ्गलुरू शहरका पुलिस आय़ुक्त सीमान्त कुमार सिंहले पनि घटनास्थलको दौड़ाह गरे औं निरीक्षण गरे। उनले अहिलेपनि बिल्डिङमा धेरै जना फंसेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

घटनाको सूचना पाउनसाथ दमकल कर्मी घटनास्थलमा पुगेका छन्। बचाउ कार्य जारी छ। घटनास्थलमा एम्बुलेन्स पनि तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande